सोमवार, कार्तिक १७, २०८३ | November 2, 2026

निका डोजोको सक्रियता : रेफ्री लाइसेन्सिङ सेमिनार सम्पन्न, तेस्रो न्युयोर्क कराते च्याम्पियनसिपको तयारी तीव्र

निका डोजोको सक्रियता : रेफ्री लाइसेन्सिङ सेमिनार सम्पन्न, तेस्रो न्युयोर्क कराते च्याम्पियनसिपको तयारी तीव्र

  • Naveen Sanchar

  • आइतवार, कार्तिक १६, २०८३

  • 17
    Views
निका डोजोको सक्रियता : रेफ्री लाइसेन्सिङ सेमिनार सम्पन्न, तेस्रो न्युयोर्क कराते च्याम्पियनसिपको तयारी तीव्र

सहयात्री ढकाल कोलम्बस ओहायो। अमेरिकाको न्युयोर्कस्थित फरेस्ट हिल्स, क्विन्समा यूएसए कराते क्षेत्र–५ को रेफ्री लाइसेन्सिङ सेमिनार सफलतापूर्वक सम्पन्न भएको छ। यसैबीच, आयोजक निका डोजोले आगामी नोभेम्बर १५ मा तेस्रो ‘।न्युयर्क  क्विन्स कराते च्याम्पियनसिप–२०२६’ आयोजना गर्ने तयारी तीव्र पारेको छ।

न्युयोर्कको  फरेस्ट हिल्सस्थित निका  डोजोमा आयोजित रेफ्री लाइसेन्सिङ सेमिनारमा २५ जना रेफ्री तथा निर्णायकहरूको सहभागिता रहेको थियो। सेमिनारमा यूएसए कराते क्षेत्र–५ का प्रमुख रेफ्री तथा यूएसए कराते रेफ्री समितिका सदस्य सेन्सि  सेड्रिक बार्क्सडेल र निका डोजोका प्रमुख प्रशिक्षक सेन्सि शान्त ठोकरले सहभागीहरूलाई रेफ्रीसम्बन्धी ज्ञान, अनुभव र आवश्यक मार्गदर्शन प्रदान गर्नुभएको थियो।

कराते प्रतियोगिताको निर्णायक प्रणालीलाई थप व्यवस्थित, व्यावसायिक र प्रभावकारी बनाउने उद्देश्यले आयोजित सेमिनारमा सहभागीहरूले आफ्नो प्राविधिक ज्ञान तथा निर्णायक क्षमता अभिवृद्धि गर्ने अवसर प्राप्त गरेका थिए।

यसैगरी, निका डोजोको आयोजनामा तेस्रो न्युयोर्क क्विन्स कराते च्याम्पियनसिप–२०२६’ आगामी नोभेम्बर १५ (आइतबार) मा क्विन्सस्थित एल्मकोर सेन्टरमा आयोजना हुने भएको छ। यूएसए करातेबाट मान्यताप्राप्त तथा क्षेत्र–५ अन्तर्गत सञ्चालन हुने प्रतियोगितामा विभिन्न उमेर समूहका खेलाडीहरूले प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ।

प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडी, प्रशिक्षक तथा कराते डोजोहरूलाई आयोजकले समयमै नाम दर्ता गराउन आग्रह गरेको छ। दर्ताको अन्तिम मिति नोभेम्बर १४ शनिबार दिउँसो १२ बजे तोकिएको छ। इच्छुक खेलाडी तथा डोजोहरूले www.TournamentInABox.com मार्फत दर्ता गर्न सक्नेछन्।

टुनामेन्ट आयोजक शान्त  ठोकरका  अनुसार प्रतियोगिताको मुख्य उद्देश्य युवा खेलाडीहरूको प्रतिभा उजागर गर्नु, उनीहरूलाई प्रतिस्पर्धात्मक अवसर प्रदान गर्नु तथा अमेरिकामा कराते खेलको विकास र विस्तारमा योगदान पुर्‍याउनु हो।

रेफ्री लाइसेन्सिङ सेमिनार र आगामी च्याम्पियनसिपले कराते खेलको प्राविधिक तथा प्रतिस्पर्धात्मक स्तर अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha