
देवी बहादुर सुतारकार्की साउदी अरव
गत शुक्रवार नेपाली महाबाणिज्यदूतावास बाट दुरदराजमा रहेको ताबुकमा दुई दिने अस्थायी शिविर द्वारा ६६८जनाको राहदानी नवीकरणको लागी फारम संकलन र ४१ जनाको नवीकृत राहदानी बितरण कार्यक्रम संयुक्त रूपमा सफल भएको छ ।
सो सुबिधा लिन का लागि ताबुक लगायत आसपासका क्षेत्रहरु दुबा,हाकल, शर्मा, अलवज, अलुला ,आरार , ताइमा लगाएत अन्य ( 600KM टाढाका )स्थानहरु देखि नेपालीहरुले आएर सुबिधा प्राप्त गर्नु भएको थियो ।महावाणिज्यदूतावास जेद्दाद्वारा जारी पुर्व सूचना अनुसार राहदानी नविकरण फाराम संकलन एकदिने कार्यक्रम ७ फेरवरी २०२५ भनिएतापनि सेवाग्राहीको अत्याधिक चापलाई मध्यनजर गरि महावाणिज्यदूतावासको टोली द्वारा गत शुक्रबार बिहान ताबुकमा उपस्थित भइ बिहान ८:०० बजे देखि शनिवार बिहान १०:३० बजे सम्म लगातार अहोरात्र खटी त्यहा उपस्थित सेवाग्राहीहरुको राहदानी फारम सकलन गरिएको थियो !!!
उक्त कार्य सम्पन्न गर्न साप्ताहिक बिदाको दिन सेवाग्राहीको सहजतालाई हृदयंगम गरि आफ्नो अमुल्य समय खर्चेर सहयोग गर्नुहुने नेपाली महाबाणिज्यदूतावास जेद्दाका सुजन वाग्ले , दिनेश पन्डित , राजु बास्कोटा लगायत सम्पूर्ण महाबाणिज्यदूतावास परिवार र यस कार्यमा स्वयंसेवकको रूपमा सहजीकरण र समन्वयकारी भूमिका निर्वाह गर्नु भएका गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदीका सल्लाहकार अर्जुन थापा , सदस्य युवराज पोख्रेल , गैर आवासिय नेपाली संघ क्षेत्रीय समन्वय समिती ताबुकका पदाधिकारी ज्युहरु अध्यक्ष नर बहदुर खतिवडा , गैर आवासिय नेपाली संघ क्षेत्रीय समन्वय समिती ताबुकका सल्लाहकार भक्त बहादुर हमाल उपाध्यक्ष ॐ थापा प्रकाश थापा ,सचिव बुद्धि प्रसाद बास्तोला , ,कोषाध्यक्ष दिपक कार्की , सदस्य हरु, आइ बि गुरुङ , राजेश सेर्पाली सुमन कार्की साथै समाजसेबीहरु मिलन सुनार ,नविन लोपचन ,सुवास बुढाथोकी ,सुनन पौडेल ,कुमार खड्का ,पवन कुमार मगर ,र नाम बहादुर लगायत प्रत्यक्ष/अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सबैमा सेवाग्राहीको तर्फबाट हार्दिक आभार एवम् धन्यवाद व्यक्त गर्दै अगामी दिनहरूमा पनि यसरी नै श्रमिक हितका लागि हुने विभिन्न कार्यहरूमा यहाँहरूको साथ र सहयोगको अपेक्षा सहित यस प्रकारको कार्यमा सस्थागत ऐक्यबद्धता जाहेर गर्न गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति ताबुक साउदी अरेबिया चाहान्छ ।