आइतवार, चैत्र २, २०८१ | March 16, 2025

डाक्टरमाथि सांघातिक आक्रमणको निन्दा

डाक्टरमाथि सांघातिक आक्रमणको निन्दा

  • Naveen Sanchar

  • बिहिबार, भदौ २८, २०८०

  • 95
    Views
डाक्टरमाथि सांघातिक आक्रमणको निन्दा

नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । नेपाल चिकित्सक संघका आजीवन सदस्यद्वय डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि सञ्चो अस्पताल हेटौँडामा विरामीको उपचार गरिरहेको अवस्थामा सांघातिक आक्रमण गरी गम्भीर घाइते बनाइएको घटनाप्रति संघले घोर भत्र्सना र निन्दा गरेको छ ।

२०८० श्रावण २२ गते एकजना विरामी डेंगी रोगको लक्षण लिई उपचारका लागि सन्चो अस्पताल हेटौडामा आएको र उक्त विरामीलाई थप उपचार आवश्यक भएको हुनाले २३ गते चितवनको सुविधा सम्पन्न अस्पतालमा प्रेषण गरिएको थियो । उक्त विरामीको २०८० श्रावण २५ गते उपचारका क्रममा असामयिक निधन हुन गएको घटनालाई लिएर पहिला पनि क्षतिपूर्तिका लागि धम्की दिने गरेको तथा मिति २०८० भाद्र २७ गते सन्चो अस्पताल हेटौडामा कार्यरत द्वय डा. थापा र विडारीमाथि शारीरिक हमला गरी गम्भीर घाइते बनाई अन्य स्वास्थ्यकर्मीलाई धम्काएको घटनाका सम्बन्धमा चिकित्सक सघले स्तब्ध भएको जनाएको छ । उक्त घटनामा संलग्न दोषीलाई अबिलम्ब स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन, २०७९ बमोजिम कानूनी कारवाही गर्न संघले नेपाल सरकार समक्ष जोडदार माग गरेको छ ।

नियमित रुपमा उपचार प्रक्रियालाई इमान्दारीपूर्वक पालना गरी थप सुविधा सम्पन्न अस्पतालमा प्रेषण गरिएको विरामीको मृत्यु भएको घटनालाई अतिरञ्जित गरी चिकित्सकलाई नै हातपात गर्ने जस्तो अस्वभाविक र अमानवीय घटनाप्रति यस संघ गम्भीर आपत्ति प्रकट गर्दै दोषीलाई यथासिघ्र पहिचान गरी कानूनी दायरामा ल्याउन जोडदार माग गर्दछ । संघद्वारा विज्ञप्तिमा भनिएको छ ७२ घण्टाभित्र उक्त घटनामा संलग्न दोषीलाई कानूनी कारवाही नगरिएको अवस्थामा नेपाल चिकित्सक संघ चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने व्यहोरा यसै विज्ञप्ति मार्फत जानकारी गराइन्छ । यसबाट उत्पन्न हुने जुनसुकै परिस्थितिको जिम्मेवार नेपाल सरकार स्वयं हुनेछ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha