
काठमाडौँ । महिला तथा बालबालिकामाथि हुने हिंसाविरुद्ध अभियान सञ्चालन गर्दै आएको मेची महाकाली बुहारी संयुक्त आवाजको केन्द्रीय अध्य्क्षमा चन्द्रा काफ्ले चयन हुनुभएको छ । झापाको दमकमा सम्पन्न संस्थाको चौथो वार्षिकोत्सव तथा साधारणसभाले काफ्लेलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।नवनियुक्त अध्यक्ष काफ्लेले सशक्त ढंगले नारी हकहित तथा सशक्तीकरणका लागि कार्य गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।साधारणसभाले संस्थाको उद्देश्यप्राप्तिका लागि विविध रचनात्मक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । समारोहमा प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति, आजीवन सदस्य तथा विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।