
काठमाडौँ। काठमाडौ उपत्यकास्तरीय उपप्रमुख/उपाघ्यक्ष सञ्जालको चौथो बैठक नागार्जुन नगरपालिकामा सम्पन्न भएको छ । नागार्जुन नगरपालिकाका उपप्रमुख अधिकारीको अध्यक्षतामा सम्पन्न बैठकमा स्थानीय तहको बजार अनुगमनलाई प्रभावकारी ढंगले सञ्चालन गर्ने निर्णय गरिएको थियो । बैठकमा उपत्यकाका स्थानीय तहका उपप्रमुखले खाद्य पदार्थको गुणस्तर तथा उपभोक्ता अधिकारको सुनिश्चितताका लागि निरन्तर बजार अनुगमन गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । सो अवसरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँ, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, उद्योग वाणिज्य महासंघ, उपभोक्ता हकहित संरक्षण मञ्चका प्रतिनिधि लगायतका सरोकारवाला निकायको सहभागिता रहेको थियो ।