
नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । कर्मचारी सञ्चय कोषले आफ्ना सेवा डिजिटल माध्यमबाट प्रवाह गर्दै आएको छ । कोषका काम कारवाहीलाई कागजरहित तथा स्वचालित बनाउने उद्देश्यले कोषले डिजिटल फाँटवारी प्रचलनमा ल्याएको हो । यसबाट सञ्चयकर्ताको खाता लेखाङ्कन तथा व्यवस्थापनमा शुद्धता र पारदर्शिता कायम हुने कोषले जनाएको छ ।सञ्चयकर्ताको कोषकट्टी रकमको संकलन, लेखाङ्कन एवं अद्यावधिक सरल, सहज र वैज्ञानिक ढंगबाट गर्ने अभिप्रायले डिजिटल फाँटवारीको प्रयोग गरिएको कोषका प्रवक्ता दामोदर प्रसाद सुवेदीले नवीनसञ्चारलाई बताउनुभयो ।आधुनिक प्रविधिमा आधारित विद्युतीय सुशासनको माध्यमद्वारा झन्झटरहित, गुणस्तरीय र प्रभावकारी सेवा प्रवद्र्धनमा डिजिटल फाँटवारी सहायक सिद्ध भएको कोषले जनाएको छ ।
डिजिटल फाँटवारीका विशेषता
-आफ्नो कार्यालय वा स्थानबाट सहज रुपमा इन्ट्री÷अपलोड गर्न सकिने
-कोषकट्टी फाँटवारी र बैंक भौचरको प्रति सञ्चय कोषमा पठाउनु नपर्ने
-क वर्गको कुनैपनि बैंकमा रकम जम्मा गर्न सकिने
-फाँटवारी इन्ट्रीको अवस्था नियमित हेर्न र इन्ट्री नभएको भएमा सो को कारणबारे जानकारी प्राप्त गर्न सकिने
डिजिटल फाँटवारी इन्ट्री गर्दा ध्यान दिनुपर्ने कुरा
-एक बैंक दाखिला रकमका लागि एकमात्र फाँटवारी बनाई इन्ट्री गर्ने
-कर्मचारीको नाम र रकम पूर्ण यकिन गर्ने
-अफिस लगइन गरी फाँटवारी इन्ट्री गर्दा कोषकट्टी तथा सापटी कट्टी छुट्याई फरक फरक गर्नुपर्ने
डिजिटल फाँटवारी कसरी प्रविष्टि गर्ने ?
-कोषको वेबसाइट इपीएफ डट ओआरजी डट एनपीमा गएर अफिस केवासीमा अफिस लग इनको युजर नेम र पासवर्ड लिने (पासवर्ड नियमित परिवर्तन गर्नुपर्ने)
-अफिस लगइन गरी फाँटवारी इन्ट्रीका तीन विकल्प( वेब अपलोड, वेब इन्ट्री वा वेब रियुज)मध्ये कुनै एक छनोट गरी सब्मिट गर्न सकिने
-फाँटवारी सब्मिट गरेपश्चात् बैंक ट्रान्जेक्सन आइडी मेनुमार्फत फाँटवारी रेसिप्ट नम्बर, बैंक दाखिला गरेको मिति, फाँटवारी रकम जम्मा गरेको बैंकको नाम र शाखा तथा बैंक ट्रान्जेक्सन आइडी (बैंकसँग माग गरी भौचरमा उल्लेख भएअनुसार) भरी सब्मिट गर्ने
-फाँटवारी प्रवष्टिको अवस्थाबारे चेक कन्ट्रिब्युसन स्टाटसमार्फत जानकारी प्राप्त गर्न सकिने