
काठमाडौँ । कारागारभित्र रहेका कैदीबन्दी तथा थुनुवामा कमजोर भौतिक संरचना,खराब जीवनशैली तथा स्वास्थ्य सचेतनाका कमीले नसर्ने रोग,जीवनशैली रोग तथा संक्रामक रोगहरुमा बढोत्तरी भईरहेको केन्द्रीय कारागार अस्पतालको वार्षिक प्रतिवेदनले औल्याएको छ । सहकर्मी तथा सहपाठीलाई नै स्वास्थ्य परामर्शदाता बनाउन नेपाल स्वास्थ्य समाजको प्राविधिक सहयोगमा केन्द्रिय कारागार अस्पतालले डिल्लीबजार,नख्खु,महिला,भद्र तथा केन्दीय सुधार गृहका अस्पताल नाईके,सह नाईके तथा स्वच्छ आचरण भएका र सहयोगी मन भएका करिब ९५ जनालाइृ दौतरी शिक्षाको तालिम प्रदान गरिएको छ । डिल्लीबजार,नख्खु र केन्द्रिय सुधार गृहमा सञ्चालित उक्त साथी शिक्षा कार्यक्रममा सहभागीलाई प्रमुख अतिथी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश बुढाथोकी,कारागार प्रशासक ललित बस्नेत र अनाश्रीत प्रहरी गुल्मका डिएसपी कुमार बिक्रम थापाले प्रमाणपत्र,ट्रयाकसुट र खाजा खर्च वितरण गर्नु भएको थियो ।
केन्द्रीय कारागार अस्पातालको सभाकक्षमा अस्पतालका प्रमुख मेडिकल सुपेरिटेण्डेट डा. प्रकाश बुढाथोकीको सभापतित्वमा दुईवटा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । केही हप्तादेखि अस्पतालमा आउने बिरामीको संख्यामा अधिकतम बिरामी आ“खा पाक्ने,ज्वरो र मानसिक समस्याका देखिएकाले उक्त बिषयमा अभिमुखीकरण सञ्चालन गरिएको थियो । कार्यक्रममा काठमाण्डौ मेडिकल कलेजकी आ“खारोग बिशेषज्ञ प्रा. डा. सबिना श्रेष्ठले पछिल्लो समय महामारीको रुपमा फैलिएको कन्जगंटिभाईटिसको परिचय ,लक्षण,उपचार तथा रोकथामका बारेमा प्रस्तुतीकरण गर्नु भयो । मानसिक अस्पतालका वरिष्ठ मानसिक चिकित्सक डा. बासुदेब कार्कीले मानसिक स्वास्थ्यको परिचय,अवस्था,आत्महत्या,सरकारका पहल तथा रोकथामका बारेमा प्रस्तुतीकरण गर्नु भएको थियो । त्यस्तै डेगीका बारेमा ईडिसीडिका निर्देशक डा. रुद्र मरासीनी र डा. गोकर्ण दाहालले प्रस्तुतीकरण दिनु भएको थियो । समाजमा ब्याप्त भ्रम तथा अन्र्तक्रियामा सहभागीबाट उठाईएका जिज्ञासाहरुको बिज्ञहरुले समाधान गर्नु भएको थियो ।
हालै महामारीको रुपमा फैलिईरहेको डेंगु रोगको रोकथामका लागि इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट एडभोकेसी कार्यक्रमका साथ निर्देशक डा. रुद्र मरासिनीले जोखिम समुहमा रहेका बिरामी कैदीबन्दीका लागी ३ सय किटनाशक झुल केन्द्रिय अस्पतालका निर्देशक डा. बुढाथोकीलाई हस्तान्तरण गर्नु भएको थियो ।कारागार प्रशासक ललित बस्नेत र ईडिसीडिका निर्दैशकले आफ्नो मन्तब्य राख्नु भएको थियो ।
सवै कार्यक्रमको अध्यक्षता गरिरहनु भएका अस्पतालका निर्देशक डा.बुढाथोकीले सहयोगी नेपाल स्वास्थ्य समाज, ईडिसीडि, प्रशिक्षक,कारागार प्रशासक,डिएसपी लगायत प्रत्यक्ष परोक्षरुपमा संलग्न सवैलाई धन्यवाद दिदै प्राप्त सचेतनाको भरपुर ब्यवहारत कार्यान्वयनमा ल्याउन अनुरोध गर्नुभयो । उपलब्ध किटनाशक झुल अस्पतालका भर्नारत बिरामी,केन्द्रिय सुधार गृह,भद्र सुधार गृह,महिला सुधार गृह,नख्खु र डिल्लीबजार सुधारगृहमा रहेका जेष्ठ नागरिक तथा जोखिममा रहेका बिरामीलाई वितरण गरिने बताउनु भयो । सम्पुर्ण कैदीबन्दीलाई सम्बोधन गर्न सकिने गरी सहयोग दिन सवै सहयोगी संघसंस्थाहरुलाई अनुरोध गर्दे फेरी यस्तै उत्साहबर्दक कार्यक्रमहरुमा भेटिने प्रण गर्दे कार्यक्रमहरु समापन गर्नु भएको थियो ।
कार्यक्रममा कारागार कार्यालयका प्रमुख ललित कुमार बस्नेत अनाश्रित गुल्मका प्रमुख डिएसपी कुमार बिक्रम थापा , कारागार अस्पतालका विशेषज्ञ , मेडिकल अफिसर लगाएत अन्य कर्मचारी ,नेपाल स्वास्थ्य समाजका अध्यक्ष ऋषी ओझा,कार्यालयकी सी अ हे व कल्पना ज्ञवाली, कारागारका नाइके भाइ ,चौकीदार लगायत करिव एक सय जनाको उपस्थिति थियो । साथी शिक्षा कार्यक्रम नेपाल स्वास्थ्य समाजका अध्यक्ष रिशी ओझा तथा सिएमई र किटनाशक झुल हस्तान्तरण कार्यक्रम कारागार अस्पतालकी अस्पताल नर्सिङ निरीक्षक सरिता प्रजापतिले संचालन गर्नु भएको थियो ।