शुक्रबार, फाल्गुन ८, २०८२ | February 20, 2026

नागार्जुन नगरपालिकाले मेयर उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्ने,६० बेरोजगार युवालाई १० महिने तालिम दिइने

नागार्जुन नगरपालिकाले मेयर उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्ने,६० बेरोजगार युवालाई १० महिने तालिम दिइने

  • Naveen Sanchar

  • बुधबार, भदौ ६, २०८०

  • 182
    Views
नागार्जुन नगरपालिकाले मेयर उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्ने,६० बेरोजगार युवालाई १० महिने तालिम दिइने

नवीनसञ्चार सम्वाददाता

काठमाडौँ । नागार्जुन नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०।८१ बाट मेयर उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ । सो कार्यक्रम अन्तर्गत उद्यमी व्यवसायीलाई शून्य ब्याजदरमा पूँजी उपलब्ध गराइने नगरपालिकाले जनाएको छ । नगरप्रमुख मोहन बहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न बैठकले कार्यक्रमका लागि कार्यविधि, निर्देशिका, तयार गर्ने निर्णय गरेको हो ।


आर्थिक वर्ष २०८०।०८१ को वार्षिक कार्यक्रम अनुसार नगरपालिकामा दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना अन्र्गत बेरोजगार युवाका लागि १० महिने तालिम सञ्चालन गर्न ६० कोटा प्राप्त भएको नगरपालिकाले जानकारी दिएको छ । उक्त तालिमको विषय छनोटका लागि वडा कार्यालयबाट व्यापक प्रचार प्रसार गरी नगरवासीलाई सुसूचित गर्ने बैठकले निर्णय गरेको छ ।
नगरउप्रमुख सुशीला अधिकारी, प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारी, वढा अध्यक्ष, कार्यपालिका सदस्य तथा शाखा प्रमुख सम्मिलित बैठकले आगामी आर्थिक वर्ष २०८०।८१ मा एरोसन नेपालसँग सहकार्य गरी १० वटा स्थानमा सार्वजनिक शौचालय निर्माण गर्ने निर्णय गरेको छ ।
त्यसैगरी बैठकले दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना अन्तर्गत नगरपालिकामा आर्थिक वर्ष २०७९।८० र २०८०।८१ मा सञ्चालित कार्यक्रमको प्रगति समीक्षा समेत गरेको नगरपलिकाद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha