शुक्रबार, फाल्गुन ३०, २०८१ | March 14, 2025

एभरेष्ट बैंकमा नेपालमै पहिलोपटक इन्टरनेटबिना भुक्तानी गर्न सकिने

एभरेष्ट बैंकमा नेपालमै पहिलोपटक इन्टरनेटबिना भुक्तानी गर्न सकिने

  • Naveen Sanchar

  • आइतवार, साउन २८, २०८०

  • 68
    Views
एभरेष्ट बैंकमा नेपालमै पहिलोपटक इन्टरनेटबिना भुक्तानी गर्न सकिने

काठमाडौँ । एभरेष्ट बैंकले फोने पे नेपालसँगको सहकार्यमा नेपालमा पहिलो पटक “अफलाइन भुक्तानी” सेवा सञ्चालनमा ल्याएको छ । बैंकका सम्पूर्ण ग्राहकले आफ्नो मोबाइल बैंकिङ्ग एपबाट यो सेवा उपभोग गर्न सक्नेछन् । यस सेवा अन्तर्गत ग्राहकले इन्टरनेट वा डाटा कनेक्टिभिटी नहुँदा पनि सजिलै भुक्तानी सुविधा प्राप्त गर्न सक्नेछन् । बैंकका नायब महाप्रबन्धक आशुतोष शर्मा र फोन पे नेपालका प्रमुख कार्यकारी अधिकृत दिवश सापकोटाले एक कार्यक्रमबीच उक्त सेवाको समुदघाटन गरेका छन् । कार्यक्रममा बैंकका डिजिटल बैंकिङ्ग विभाग प्रमुख शंकर पोखरेल र फोन पेका अन्य विशिष्ट अधिकृतको समेत उपस्थिति रहेको थियो ।

समारोहमा बैंकका नायब महाप्रबन्धक शर्माले अफलाइन भुक्तानी सुविधाले ग्राहक सुविधा र ग्राहक केन्द्रित नयाँ उर्जा थपेको र नेपाली बैंकिङ्ग भविष्यलाई समेत नयाँ आकार दिएको बताउनुभयो । साथै फाने पेका प्रमुख कार्यकारी अधिकृत सापकोटाले उक्त सुविधाबाट इन्टरनेटको सीमालाई पार गरी आधुनिक बैंकिङ्गमा नयाँ आयाम थपिने धारणा व्यक्त गनुएभयो ।
हालको लागि उक्त सुविधा ‘एनएफसी’ प्रविधि भएको एन्ड्रोइड फोनमा मात्रै उपलब्ध हुनेछ । यस सेवालाई ग्राहकहरुले सर्वप्रथम आफ्नो एपमा सेट गरी आफ्नो स्मार्टफोनलाई ब्यापारीको स्मार्टफोनमा “टयाप” गरी सजिलै भुक्तानी प्रक्रिया पुरा हुनेछ भने व्यापारी तथा व्यवसायीहरुले आफुसंग भएको “फोन पे बिजनेस एप” बाट भुक्तानी स्वीकार गर्न सक्नेछन् ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha