शनिबार, साउन ४, २०८२ | July 19, 2025

साउदीको हागलमा समस्यामा परेका दुई नेपाली श्रमिकको उद्धार, सकुशल स्वदेश फर्काइयो

साउदीको हागलमा समस्यामा परेका दुई नेपाली श्रमिकको उद्धार, सकुशल स्वदेश फर्काइयो

  • Naveen Sanchar

  • शनिबार, असार ७, २०८२

  • 75
    Views
साउदीको हागलमा समस्यामा परेका दुई नेपाली श्रमिकको उद्धार, सकुशल स्वदेश फर्काइयो

ताबुक, साउदी अरब –

साउदी अरेबियाको ताबुक क्षेत्र अन्तर्गत हागलमा कार्यरत अवस्थामा समस्यामा परेका दुई जना नेपाली श्रमिकहरूको सकुशल उद्धार गरी स्वदेश फर्काइएको छ।

नेपाली श्रमिक हरु सन्तोस लिम्बु र  विशाल विक लामो समयदेखि श्रमशोषण तथा कानुनी अन्योलमा फसेको सूचनापछि, गैर आवासीय नेपाली संघ (NRNA) क्षेत्रीय समन्वय समिति, ताबुकले पहल गर्दै सम्बन्धित निकायहरूसँग समन्वय गरी उद्धार कार्य सफल बनाएको हो।

सन्तोष लिम्बु विगत केही वर्षदेखि हागलस्थित एक कम्पनीमा कार्यरत थिए। उनी पछिल्ला ६–७ महिनादेखि पारिश्रमिक नपाएर गम्भीर आर्थिक संकटमा थिए भने, उनको निवास अनुमति (इकामा) पनि नविकरण नभएको र कम्पनीसँगको सम्पर्क समेत विच्छेद भइसकेको अवस्था थियो। समितिले तत्काल आवश्यक पहल गर्दै सम्पर्क कायम गराई उद्धारको प्रक्रिया अगाडि बढाएको थियो।

फलस्वरूप,  लिम्बुलाई २०२५ जुन १८ मा ताबुकबाट दुबई हुँदै फ्लाई दुबईको उडानमार्फत काठमाडौं पठाइएको हो। खानपान, यात्रा टिकट, कागजात व्यवस्थापनलगायत सम्पूर्ण सहयोग समितिद्वारा प्रदान गरिएको थियो।

त्यस्तै,  विशाल विक (स्थायी ठेगाना: नारायण नगरपालिका–५, दैलेख) अन्दाजी १८ महिनादेखि हागलमा कार्यरत थिए। कम्पनीले तलब नदिएको र जबर्जस्ती Exit प्रक्रिया अगाडि बढाएको खबरपछि समितिले आवश्यक कानुनी सहायता, अस्थायी बसोबास र खानपानको समेत व्यवस्था मिलाएको थियो।

यस मानवीय उद्धार कार्यमा नेपाली दूतावास रियाद, महावाणिज्य दूतावास जेद्दा, तथा NRNA ताबुकका पदाधिकारी, समाजसेवी र विभिन्न सरोकारवाला पक्षहरूको सक्रिय सहयोग रहेको समितिले जनाएको छ।

समितिले उद्धारमा सहयोग पुर्‍याउने सबैलाई हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha