सोमवार, फाल्गुन ५, २०८१ | February 17, 2025

लेखापढी व्यवसायीको सातौँँ राष्ट्रिय परिषद् सम्पन्न

लेखापढी व्यवसायीको सातौँँ राष्ट्रिय परिषद् सम्पन्न

  • Naveen Sanchar

  • आइतवार, अशोज ७, २०८०

  • 336
    Views
लेखापढी व्यवसायीको सातौँँ राष्ट्रिय परिषद् सम्पन्न

नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसनको सातौँँ राष्ट्रिय परिषद् चितवनको भरतपुरमा सम्पन्न भएको छ ।सो अवसरमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले पेशालाई थप व्यवस्थित र मर्यादित बनाएर अघि बढ्न लेखापढी कानून व्यवसायीलाई सुझाव दिनुभएको थियो ।मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले लेखापढी कानुन व्यवसायीले सेवाग्राहीलाई सहजीकरण गर्नुपर्नेमा जोड दिनुभयो । एसोसिएसनका केन्द्रीय अध्यक्ष सीताराम दाहालको सभापतित्वमा सम्पन्न दुइदिने बैठकले चितवन घोषणापत्र समेत जारी गरेको छ ।परिषद्ले लेखापढी कानून व्यवसायीको पेशागत हकहितका लागि विविध निर्णय गरेको एसोसिएसनका केन्द्रीय सदस्य बासुदेव मिश्रले जानकारी दिनुभयो । सो अवसरमा आयोजित प्रभातफेरीले नगर परिक्रमा गरेको थियो । कार्यक्रममा एसोसिएसनको भावी योजना तथा कार्यक्रम लेखापढी कानून व्यवसायीको वर्तमान अवस्थान, समस्या र समाधानका उपाय लगायतका विषयमा छलफल गरिएको थियो । समारोह सम्पन्न गर्न सहयोग गर्नु हुने सम्पुर्ण पार्षद, स्वयंसेवक,सह आयोजक चितवन जिल्ला कार्यसमिति लगायत सबैलाई एसोसिएसनले धन्यवाद ज्ञापन गरेको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha