
नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । नेपाल उद्योग वाणिज्य संघ, काठमाडौँको नयाँ कार्यसमितिका पदाधिकारीले उद्योगी व्यवसायीको हकहितका लागि कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा दिनेश श्रेष्ठ पुनः निर्विरोध चयन हुनुभएको छ । समितिको उपाध्यक्ष जय सिवाकोटी , राजेन्द्र शेरचन ,रमानाथ श्रेष्ठ रहनुभएको छ । महासचिवको जिम्मेवारी दुर्गाराज श्रेष्ठले पाउनुभएको छ । सचिव सुषमा महरा, कोषाध्यक्ष प्रदीपमान प्रधान र सह–कोषाध्यक्ष नानीराज घिमिरेलाई चयन गरिएको छ । कार्यसमिति सदस्यमा प्रेमहरि मैनाली, सुरेन्द्रभक्त श्रेष्ठ, सागर शाक्य, कुशन प्रधान, राजेन्द्र संग्रौला, दीपक भण्डारी, शिशिर गौतम, महेन्द्र गोयल, सदीष श्रेष्ठ र उज्ववलजंग पराक्रम शाह रहेको संघले जनाएको छ ।