मङ्लबार, बैशाख २९, २०८३ | May 12, 2026

नेपालको शिक्षाको अवस्था, चुनौती र समाधानबारे कार्यशाला

नेपालको शिक्षाको अवस्था, चुनौती र समाधानबारे कार्यशाला

  • Naveen Sanchar

  • सोमवार, भदौ १८, २०८०

  • 287
    Views
नेपालको शिक्षाको अवस्था, चुनौती र समाधानबारे कार्यशाला

काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल बाग्मती प्रदेशद्वारा आयोजित शिक्षा कार्यशाला चितवनको भरतपुरमा सम्पन्न भएको छ।
कार्शालाको उद्घाटन कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा.डा. पुण्य प्रसाद रेग्मीले गर्नुभएको थियो । उक्त कार्यशालामा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले समग्र नेपालको शिक्षाको अवस्था, चुनौती र समाधान विषयक कार्यपत्र प्रस्तुत गर्नुका साथै वीरेन्द्र बहुमुखी क्याम्पसका प्राचार्य प्रा.दयाराम पौडेल र नेपाल संस्कृत वि वि का प्राध्यापक नवराज पाण्डेयले कार्यपत्रमाथि टिप्पणी गर्नुभएको थियो ।

चितवन मेडिकल कलेजकी प्राध्यापक ममता न्यौपानेको संयोजकत्वमा सम्पन्न भएको कार्यशालामा विद्यार्थी परिषद्का राष्ट्रिय अध्यक्ष डा. गोपीनाथ कण्डेल, महासचिव विष्णु प्रसाद पंगेनी, राष्ट्रिय सह संगठन सचिव रमेश कण्डेल, केन्द्रीय सदस्य डा सुनिल पोख्रेल, प्रदेश सदस्य बद्री कोइराला,प्रदेश उपाध्यक्ष विपिन कण्डेल लगायतका पदाधिकारीहरूको विशेष उपस्थिति रहेको थियो । कार्यशालामा विभिन्न शैक्षिक एवं सामाजिक संस्थाका प्रतिनिधि, प्राध्यापक, शिक्षक, शिक्षाविद् तथा विद्यार्थीको सहभागितामा रहेको थियो ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha