मङ्लबार, कार्तिक २५, २०८३ | November 10, 2026

कतार एयरवेजको नेपाल कार्यालयको नेतृत्व पहिलोपटक नेपाली नागरिकलाई, कन्ट्री म्यानेजर बने सरिक बोगटी

कतार एयरवेजको नेपाल कार्यालयको नेतृत्व पहिलोपटक नेपाली नागरिकलाई, कन्ट्री म्यानेजर बने सरिक बोगटी

  • Naveen Sanchar

  • सोमवार, कार्तिक २४, २०८३

  • 3
    Views
कतार एयरवेजको नेपाल कार्यालयको नेतृत्व पहिलोपटक नेपाली नागरिकलाई, कन्ट्री म्यानेजर बने सरिक बोगटी

काठमाडौं।नबिन सन्चार

अन्तर्राष्ट्रिय  वायुसेवा कम्पनी कतार एयरवेजले पहिलोपटक आफ्नो नेपाल कार्यालयको नेतृत्व नेपाली नागरिकलाई सुम्पिएको छ। कम्पनीमा करिब एक दशकदेखि कार्यरत सरिक बोगटी कन्ट्री म्यानेजरमा बढुवा भएका छन्। उनले आगामी नोभेम्बरदेखि पूर्ण अधिकारसहित नेपाल कार्यालयको नेतृत्व सम्हाल्नेछन्।

यसअघि सेल्स म्यानेजरका रूपमा कार्यरत बोगटीको पदोन्नतिलाई नेपाली व्यावसायिक जनशक्तिका लागि अन्तर्राष्ट्रिय कम्पनीको नेतृत्व तहमा पुग्ने महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

कतार एयरवेजले सन् १९९७ मा नेपालमा सातामा एउटा उडानबाट सेवा सुरु गरेको थियो। हाल कम्पनीले काठमाडौंमा दैनिक चार वटासम्म उडान सञ्चालन गर्दै आएको छ। दोहालाई प्रमुख ट्रान्जिट केन्द्र बनाएर नेपालका यात्रुलाई अमेरिका, युरोपलगायत विश्वका विभिन्न गन्तव्यमा सेवा प्रदान गर्दै आएको छ।

बोगटीका अनुसार नेपालसँग सम्बन्धित कतार एयरवेजको दैनिक टिकट कारोबार नौदेखि १० करोड रुपैयाँसम्म पुग्ने गरेको छ। कम्पनीले नेपालमा आफ्नो बजार विस्तार, यात्रु सेवाको गुणस्तर सुधार तथा व्यावसायिक गतिविधिलाई थप प्रभावकारी बनाउने लक्ष्य राखेको छ।

नेपाल कार्यालयको नेतृत्व पहिलोपटक नेपाली नागरिकले सम्हाल्न लागेसँगै बोगटीको नियुक्तिलाई नेपाली दक्ष जनशक्तिको क्षमता र नेतृत्वदायी भूमिकाको महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha