रीयाद साउदी अरेबिया नबिन सन्चार
साउदी अरबस्थित नेपाली राजदूतावास परिवार र हेल्पलाइन नेपाल साउदी अरबको नवनिर्वाचित नयाँ कार्यसमितिका साथीहरूसँग परिचयात्मक भेटघाट गर्ने सुखद अवसर प्राप्त भयो।
उक्त भेटघाटका क्रममा संस्थाको उद्देश्य, गतिविधि, भावी कार्ययोजना तथा साउदी अरबमा कार्यरत नेपाली श्रमिकहरूले भोग्दै आएका विभिन्न समस्या, चुनौती र तिनको समाधानका उपायहरूबारे महत्वपूर्ण छलफल तथा विचार आदानप्रदान गरियो।
विशेषगरी नेपाली समुदायको हकहित, अधिकार, संरक्षण र सेवाका लागि आपसी सहकार्य, समन्वय र एकतालाई अझ सुदृढ बनाउँदै अगाडि बढ्ने विषयमा सकारात्मक एवं रचनात्मक छलफल भयो।