शनिबार, कार्तिक १, २०८३ | October 17, 2026

भारत–नेपाल भ्रमण अविस्मरणीय बनेको भुटानी नेपाली गीतकार आर.बी. खड्काको भनाइ

भारत–नेपाल भ्रमण अविस्मरणीय बनेको भुटानी नेपाली गीतकार आर.बी. खड्काको भनाइ

  • Naveen Sanchar

  • शनिबार, कार्तिक १, २०८३

  • 17
    Views
भारत–नेपाल भ्रमण अविस्मरणीय बनेको भुटानी नेपाली गीतकार आर.बी. खड्काको भनाइ

 

मिरिकमा गीतसङ्ग्रह ‘फर्केर हेर्दा’ लोकार्पण, आत्मीयता र सम्मानले यात्रा स्मरणीय

सहयात्री ढकाल
ब्युरो इन्चार्ज, अमेरिका — नवीन सञ्चार अनलाइन नेपाल

कोलम्बस, ओहायो, नेपालीभाषी भुटानी गीतकार आर.बी. खड्काले भारत तथा नेपाल भ्रमण आफ्नो जीवनकै अविस्मरणीय यात्रामध्ये एक बनेको बताउनुभएको छ। हाल अमेरिकाको ओहायो राज्यस्थित कोलम्बसमा बसोबास गर्दै आउनुभएका खड्काले भारतको मिरिकमा आयोजित कार्यक्रममा आफ्नो गीतसङ्ग्रह ‘फर्केर हेर्दा’ लोकार्पण गर्ने क्रममा प्राप्त माया, सम्मान र आत्मीयताले भ्रमणलाई विशेष बनाएको बताउनुभएको हो।

लभ एन्ड सपोर्ट फाउन्डेसनद्वारा मिरिकमा आयोजित कार्यक्रममा गीतसङ्ग्रह लोकार्पण गर्ने उद्देश्यले सुरु भएको यस यात्राका क्रममा उहाँले विभिन्न आत्मीय तथा आदरणीय व्यक्तित्वहरूसँग भेटघाट गर्ने र आपसी सद्भाव साटासाट गर्ने अवसर प्राप्त गर्नुभएको थियो।

आफ्नो व्यस्त समय र व्यक्तिगत जिम्मेवारीका बाबजुद साथ, आतिथ्य, माया र सम्मान प्रदान गर्ने सबैप्रति खड्काले हृदयदेखि नै कृतज्ञता व्यक्त गर्नुभएको छ। भ्रमणका क्रममा प्राप्त आत्मीयता र सद्भावले आफूलाई भावनात्मक रूपमा छोएको उहाँले उल्लेख गर्नुभएको छ।

आफ्नो भ्रमण अनुभव साझा गर्दै खड्काले जीवनका कतिपय यात्राहरू गन्तव्यका कारणभन्दा पनि यात्रामा भेटिएका आत्मीय व्यक्तिहरूका कारण अविस्मरणीय बन्ने बताउनुभएको छ। यस यात्रामा प्राप्त माया, सम्मान र सँगालेका मिठा सम्झनाहरू जीवनभरका अमूल्य सम्पत्ति बनेर रहने उहाँको भनाइ छ।

भ्रमणलाई सुन्दर, सार्थक र स्मरणीय बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण व्यक्तित्व, आफन्त, मित्र तथा शुभेच्छुकप्रति उहाँले आभार व्यक्त गर्नुभएको छ। साथै, आगामी दिनमा पुनः भेटघाट गर्ने र आत्मीयता साटासाट गर्ने आशासमेत व्यक्त गर्नुभएको छ।

नेपाली भाषा र गीतसङ्गीतसँग गहिरो सम्बन्ध राख्ने भुटानी नेपाली स्रष्टा खड्काको गीतसङ्ग्रह ‘फर्केर हेर्दा’ को लोकार्पन उहाँको सिर्जनात्मक यात्राको महत्त्वपूर्ण अवसर बनेको छ। यस भ्रमणले उहाँलाई नयाँ अनुभव, आत्मीय सम्बन्ध र जीवनभर सम्झनलायक पलहरू प्रदान गरेको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha