शुक्रबार, अशोज ३०, २०८३ | October 16, 2026

भूकम्पीय जोखिम सम्बोधनका लागि नेपाल र विश्व बैंक समूहबीच साझेदारीको घोषणा

भूकम्पीय जोखिम सम्बोधनका लागि नेपाल र विश्व बैंक समूहबीच साझेदारीको घोषणा

  • Naveen Sanchar

  • बिहिबार, अशोज २९, २०८३

  • 16
    Views
भूकम्पीय जोखिम सम्बोधनका लागि नेपाल र विश्व बैंक समूहबीच साझेदारीको घोषणा

नवीनसञ्चार सम्वाददाता
काठमाडौँ, असोज २९ गते । भुकम्पीय जोखिम र यसबाट पर्नसक्ने हानी तथा नोक्सानीको सम्बोधनका लागि नेपालले शीध्र वित्तीय स्रोत जुटाउन सकोस् भन्ने उद्देश्यले विपद क्याटास्ट्रोफी बन्ड विकास गर्न नेपाल र विश्व बैंक (पुनर्निर्माण तथा विकासका लागि अन्तर्राष्ट्रिय बैंक) बिच कार्यादेश सम्झौतामा हस्ताक्षर भएको छ ।

सो सम्झौतासँगै नेपालको समग्र विपद् जोखिम व्यवस्थापन रणनीतिलाई सहयोग पुर्‍याउन पुँजी बजारको उपयोग कसरी गर्न सकिन्छ भन्ने विषयको लेखाजोखा गर्ने सहकार्यको सुरूवात भएको विश्व बैंकले जनाएको छ।

विश्वका विपद्को उच्च जोखिममा रहेका देशमध्ये एक नेपालले जोखिम न्यूनीकरण, पूर्वतयारी तथा वित्तीय सुरक्षाका उपायको समायोजन मार्फत भविष्यमा आउनसक्ने विपद्को सामना गर्न, त्यसबाट हुने क्षति कम गर्न र र विपद्पछिको पुनरूत्थानलाई प्रभावकारी बनाउन काम गर्दै आएको छ।

सो सम्झौता अन्तर्गत विश्व बैंक समूहको ट्रेजरीले नेपाल सरकार र पूँजी बजारमा रहेका लगानीकर्तासँग सहकार्य गरी यस्तो क्याटास्ट्रोफी बन्ड विकास र जारी गर्नको लागि वित्तीय सम्भाव्यता र सम्भावित संरचनाको लेखाजोजा गर्ने विश्व बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सो पहल विश्व बैंक समूहको स्थापित क्याटास्ट्रोफी बन्ड कार्यक्रमको एक हिस्सा हो। उक्त कार्यक्रमले विभिन्न देशलाई विपद्जन्य जोखिम हस्तान्तरण गर्न र प्राकृतिक प्रकोप विरुद्धवित्तीय सुरक्षा सुनिश्चित गर्न अन्तर्राष्ट्रिय पुँजी बजारमा पहुँच पुर्‍याउन सहयोग गर्दै आएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha