चैत १२, काठमाडौं । उपत्यकाको प्राचीन सहर कीर्तिपुरको चोभारमा आदिनाथ लोकेश्वर जात्रा सुरु भएको छ । चौला शुक्ल प्रतिपदादेखिनै आनन्दादि लोकेश्वर जात्राका विधिहरु सुरु हुने भएपनि आज अष्टमिको दिन किंवदन्तीअनुसार वागमती नदिको नख्खु दोभानमा देउता फेला परेको दिन भएको मानिन्छ । सोहि कथनअनुसार चोभारको ग्वाला (गोपाली) परिवारका सदस्यले नख्खु दोभानमा विशेष साईतमा स्थानीय चलनअनुसार ‘द्यः लायेगु’ भन्दै देउता फेला पारी कलशमा प्रवेश गराई दशकर्ममध्येका विधि पु¥याई सॉझ बाजागाजासहित मन्दिर परिसर ल्याएपछि मुख्य जात्रा सुरु हुने परम्परा रहिआएको छ ।