२९ कार्तिक, काठमाडौँ । कार्तिक २८ गते, शनिबार काठमाडौँ फोटोग्राफर संघको कीर्तिपुर एरिया भेला सम्पन्न भएको छ । भेलाले कीर्तिपुर क्षेत्रमा रहेका फोटोग्राफरहरूको हकहित र पेसागत विकासका लागि विपिन जोशीको संयोजकत्वमा नयाँ कीर्तिपुर एरिया कमिटी गठन गरेको छ ।
नवगठित कमिटीका पदाधिकारी तथा सदस्यहरूमा नारायण प्रसाद अधिकारी, उज्वल महर्जन, सुशीला श्रेष्ठ, दुर्गा लाल शाही, राम जन महर्जन, सन्तोष पौड्याल, मिलन महर्जन, राजेन्द्र अधिकारी रहेको संघले जनाएको छ । साथै भेलाले आवश्यक सल्लाह तथा मार्गदर्शन प्रदान गर्न सल्लाहकारहरूको पनि चयन गरेको जनाएको छ । सल्लाहकारहरूमा प्रकाश थापा, विष्णु देवकोटा र इन्दुवर पण्डित रहनुभएको छ । नवगठित कमिटीले आगामी दिनमा कीर्तिपुर एरियाका फोटोग्राफरहरूलाई एकताबद्ध गर्दै पेसालाई थप मर्यादित र व्यवसायिक बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको संघले लिएको बताईएको छ ।