बुधबार, मंसिर ३, २०८३ | November 18, 2026

कोलम्बस, ओहायोमा डिसेम्बर ५ मा बृहत् साहित्यिक तथा सांस्कृतिक समारोह हुने

कोलम्बस, ओहायोमा डिसेम्बर ५ मा बृहत् साहित्यिक तथा सांस्कृतिक समारोह हुने

  • Naveen Sanchar

  • बुधबार, मंसिर ३, २०८३

  • 6
    Views
कोलम्बस, ओहायोमा डिसेम्बर ५ मा बृहत् साहित्यिक तथा सांस्कृतिक समारोह हुने

सहयात्री ढकाल
कोलम्बस, ओहायो । प्रवासमा नेपाली भाषा, साहित्य र संस्कृतिको जगेर्ना तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ अमेरिकाको ओहायो राज्यस्थित कोलम्बसमा आगामी डिसेम्बर ५ तारिखका दिन एक भव्य साहित्यिक तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। साहित्य परिषद् भूटान (एलसीओबी) को मुख्य आयोजना तथा कोलम्बस साहित्यिक तथा सांस्कृतिक मञ्च र बामा (BAMA) को संयुक्त सहकार्यमा उक्त समारोह हुन लागेको हो।

आयोजक संस्थाका अनुसार समारोहको मुख्य आकर्षणका रूपमा स्रष्टा आर.बी. खड्काद्वारा लिखित कृति ‘फर्केर हेर्दा’ को लोकार्पण (विमोचन) गरिनेछ। सोही अवसरमा भाषा, साहित्य र कलाका माध्यमबाट समाजमा उल्लेखनीय योगदान पुऱ्याउने स्रष्टाहरूलाई विशेष सम्मान प्रदान गर्ने कार्यक्रमसमेत रहेको छ। यसका साथै उपस्थित सहभागीहरूलाई मनोरञ्जन तथा साहित्यिक रसास्वादन गराउन विविध रचना वाचन र आकर्षक सांगीतिक प्रस्तुतिहरू पस्किने तयारी गरिएको छ।

कोलम्बसस्थित १६४ ब्रुकहिल ड्राइभ (164 Brookhill Drive, Columbus, Ohio 43230) मा आयोजना हुने उक्त कार्यक्रम बिहान ११:०० बजेदेखि सुरु भई दिउँसो ४:०० बजेसम्म सञ्चालन हुनेछ। यस गरिमामय साहित्यिक महाकुम्भमा सहभागी भई कार्यक्रमको शोभा बढाइदिन आयोजक परिवारले सम्पूर्ण साहित्यप्रेमी, बुद्धिजीवी, कलाकर्मी, स्थानीय समुदायका सदस्य तथा शुभचिन्तकहरूमा हार्दिक निमन्त्रणा गरेको छ।

 

 

 

 

 


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha