कीर्तिपुर क्षेत्रमा धेरै संख्यामा काग मर्न थालेपछि त्यसको नमूना परिक्षणबाट बर्डफ्लू पुष्टि भएपछि कीर्तिपुरस्यिथत त्रिवि जंगलबाट ६१ वटा मृत काग ब्यवस्थापन गरिएको छ । त्रिभुवन विश्वविद्यालयको विद्यार्थी क्लवको जंगल क्षेत्रमा धेरै संख्यामा कागहरु मरेको देखिएपछि पशु सेवा विभागले त्यसको नमूना संकलन परिक्षण गर्दा बर्डंफ्लू (ज्छल्ज्ञ) रोग पुष्टि भएको जनाएको हो । कागहरुमा संक्रमण पुष्टि भएपछि हिजो चैत १० गते मंलवार कीर्तिपुर नगरपालिकाको वन, विपद. तथा वातावरण र पशु विकास शाखा तथा नगर प्रहरीहरु परिचालन गरि पूर्ण सुरक्षितसाथ खाल्डो खनेर पुरिएको विपद् तथा वातावरण शाखा प्रमुख ज्ञानवज्र महर्जनले नवीनसंचाललाई जानकारी गराउनुभयो ।