सोमवार, चैत्र २, २०८२ | March 16, 2026

दुर्घटना हुनेगरी सवारी चलाउनेसँग सावधान

दुर्घटना हुनेगरी सवारी चलाउनेसँग सावधान

  • Naveen Sanchar

  • सोमवार, चैत्र २, २०८२

  • 125
    Views
दुर्घटना हुनेगरी सवारी चलाउनेसँग सावधान

-बलराम तामाङ
चीन

सामाजिक सञ्जालमा हाल चर्चित बनिरहेको यो भिडियो दृश्यमा यी दाइले गल्ती गरेको होला । तर केही क्षति भएको देखिएन। गल्ती गरेको भए पनि प्रहरी प्रशासन वा कानुनले कारबाही गर्थ्यो। कारवाला दाजु त आइलागेको सँग जाइलागेको जस्तो देखिन्छ। सबैले कारवालाको मात्र गल्ती भन्नु पनि मूर्खता हो। त्यसैले भिडियो भाइरल भएर कारबाहीको माग भइरहँदा यी दाजुविरुद्ध भाइहरूले पनि अपमानजनक शब्दहरू अपशब्दहरू बोलेर फर्केर थर्काउँछुू भनेर गएका थिए। तर सकिएन। त्यसैले कारवाला र बाइकवाला दुवै जनालाई बराबर सजाय हुनुपर्छ।
कारवालाले आफ्नो आत्मरक्षाको लागि हात छोडेको जस्तो देखिन्छ।

कुरो साधारण नै थियो। कारवाला ओभरटेक गर्दै थियो, खासै कतै दुर्घटना भएको पनि थिएन। बाइकवालाले फेरि भ्लग बनाउने बहाना खोज्दै फर्किएर गएपछि घटना भएको देखिन्छ।

त्यहीमाथि कारवालाले ओभरटेक गरेर आएको देख्दा देख्दै पनि यो बाइकवालाले जानी जानी बाइक बटारेर अगाडि गएको देखिन्छ

यो घटनामा कारवाला दाजु सोझो लुरे ल्याङ्ग्रे भएको भए दाजु अहिले अस्पतालमा हुनुहुन्थ्यो होला। अलि सोझो पाएको भए बाइकवालाले थर्काउँथे। त्यसैले अपराध दुवै जनाले गरेका हुन्। गल्ती दुवै जनाको छ। सजाय दुवै जनाले पाउनुपर्छ। नत्र गोप्रो बोकेर दुर्घटना निम्त्याउने गरी बाइक हुइक्याउनेहरूबाट पनि सजग हुनु जरुरी छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha