🟦 विशेष स्तम्भ / उम्मेदवारी घोषणा
रोशन अर्याल-दोहा कतार: गैरआवासीय नेपाली संघ (एनआरएन) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को २०२६ –२०२८ कार्यकालका लागि उपाध्यक्ष पदमा वर्तमान उपमहासचिव प्रविन गुरुङ ले औपचारिक रूपमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। यो उम्मेदवारी कुनै आकस्मिक निर्णय नभई, लामो समयदेखि प्रवासी नेपाली समुदाय, संस्था निर्माण तथा सामाजिक सेवामा गरिएको निरन्तर योगदानको स्वाभाविक निरन्तरता हो। प्रविन गुरुङ एनआरएन भित्र केवल पदाधिकारी मात्र होइनन्, उनी संगठनको संरचना, प्रवासी नेपालीका वास्तविक आवश्यकता र संस्थागत उत्तरदायित्व लाई व्यवहार मै बुझेका नेता हुन्। उपमहासचिवको भूमिकामा रहँदा उनले संगठन लाई थप समावेशी, उत्तरदायी र परिणाममुखी बनाउने दिशामा सक्रिय भूमिका निर्वाह गरेका छन्।

संकटमा सेवा, व्यवहारमा नेतृत्व
प्रविन गुरुङको नेतृत्वको परिचय संकटका समयमा स्पष्ट देखिएको छ।
नेपालमा गएको विनाशकारी भूकम्प तथा कोभिड–१९ महामारीका बेला उनले विश्वभर रहेका गैरआवासीय नेपालीलाई एकताबद्ध गर्दै राहत, सहयोग संकलन, व्यवस्थापन र समन्वयमा अग्रणी भूमिका खेले। भूकम्पको समयमा राहत केवल संकलनमै सीमित नराखी, सही ठाउँमा सही समयमा पुर्याउने व्यवस्थापनमा उनले विशेष जोड दिए।
कोरोना महामारीका बेला विदेशमा समस्यामा परेका नेपालीका लागि सूचना समन्वय, आपतकालीन सहयोग र समुदाय–समर्थनका पहलमा उनी निरन्तर सक्रिय रहे।
कोरोना महामारीपछिको कठिन समयमै बारा र पर्सा जिल्लामा आएको भीषण हावा हुरीले सयौँ घरपरिवारको जनजीवन प्रभावित बनेको थियो। उक्त विपद्का बेला प्रविन गुरुङको पहल तथा समन्वयमा करिब ६०० घरपरिवारलाई लत्ता–कपडा तथा आवश्यक राहत सामग्री वितरण गरिएको थियो।
प्रवासी नेपाली समुदायको सहयोगलाई व्यवस्थित गर्दै पीडितसम्म समयमै राहत पुर्याउने कार्यमा उनको सक्रिय भूमिकाले संकटका बेला पनि एनआरएन मानवीय सेवामा प्रतिबद्ध रहेको सन्देश दिएको थियो।
नेपालमा पछिल्ला वर्षहरूमा प्राकृतिक कारणले पहिरोको प्रकोप बढ्दै जाँदा विभिन्न जिल्लाका नागरिक जोखिममा परेका थिए। यस्तो अवस्थामा प्रविन गुरुङ् नेतृत्वमा एनआरएनए नेटवर्कमार्फत पहिरो प्रभावित क्षेत्रमा राहत सहयोग उपलब्ध गराउने तथा जोखिममा रहेका पीडितहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न समन्वय गरिएको थियो।
आपतकालीन अवस्थामा समुदायको सुरक्षालाई प्राथमिकतामा राख्दै गरिएको यो पहलले प्राकृतिक विपद्का बेला प्रवासी नेपालीहरू देशका पीडित नागरिकसँगै उभिएका छन् भन्ने विश्वासलाई थप बलियो बनाएको थियो।

नेपाली कला–संस्कृति संरक्षणमा प्रवासीय योगदान
प्रविन गुरुङको योगदान प्रशासन र संकट व्यवस्थापनमा मात्र सीमित छैन। प्रवासमा नेपाली कला, भाषा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनप्रति उनले निरन्तर चासो देखाउँदै आएका छन्।
उनको पहल र सहभागितामा:
- नेपाली मौलिक चाडपर्व, सांस्कृतिक कार्यक्रम र सामुदायिक उत्सवहरूलाई संस्थागत समर्थन
- लोकसंगीत, नृत्य र परम्परागत संस्कृतिलाई नयाँ पुस्तासम्म जोड्ने प्रयास
- कलाकार, सांस्कृतिक अभियन्ता र समुदायबीच सेतुको भूमिका निर्वाह हुँदै आएको छ।
उनका लागि संस्कृति मनोरञ्जन मात्र होइन, प्रवासमा नेपाली पहिचान जोगाउने आधार हो। - नेपाली कला, साहित्य र सर्जनशीलताको प्रवर्द्धनमा पनि प्रविन गुरुङ् सक्रिय रूपमा संलग्न रहँदै आएका छन्। प्रवासी नेपाली समुदायभित्र लुकेका प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा ल्याउने उद्देश्यसहित गत वर्ष सम्पन्न पूर्व युवा विभागद्वारा आयोजित “एनआरएन सिङ्गिङ ग्लोबल आइडल” कार्यक्रम प्रविन गुरुङ कै परिकल्पनामा सफलता पूर्वक सम्पन्न भएको थियो।
- उक्त कार्यक्रम मार्फत विश्वभर छरिएका नेपाली युवाहरूलाई सांगीतिक पहिचान दिलाउने प्रयास गरिएको थियो, जसले प्रवासमा नेपाली कला र सांस्कृतिक पहिचानलाई सुदृढ बनाउन महत्वपूर्ण योगदान दिएको छ।
- त्यस्तै, उनले “एनआरएन द सिङ्गर सिजन-१ ” प्रतियोगितामा उप–संयोजकको भूमिकामा रहेर कार्यक्रमलाई भव्य र सफल बनाउन अहम भूमिका निर्वाह गरेका थिए। व्यवस्थापन, समन्वय र अन्तर्राष्ट्रिय सहभागिता सुनिश्चित गर्न उनको सक्रियताले कार्यक्रमलाई केवल प्रतिस्पर्धामा सीमित नराखी, नेपाली कला–संस्कृतिको अन्तर्राष्ट्रिय उत्सवका रूपमा स्थापित गर्न सहयोग पुर्याएको थियो।

खेलकुदप्रतिको चासो: युवासँग जोडिने माध्यम
प्रविन गुरुङ खेलकुदलाई समुदाय निर्माणको प्रभावकारी माध्यमका रूपमा हेर्छन्।
फुटबल, क्रिकेट, भलिबललगायत खेल गतिविधि मार्फत प्रवासी नेपाली युवालाई एकताबद्ध गर्ने, अनुशासन र नेतृत्व विकास गर्ने सोच उनको कार्यशैलीमा स्पष्ट देखिन्छ।
प्रवासमा आयोजना हुने खेलकुद कार्यक्रमप्रति उनको समर्थन र सहभागिताले:
- युवामा संस्थाप्रति चासो बढाएको छ ।
- समुदायमा सकारात्मक ऊर्जा र सहकार्यको भावना विकास गरेको छ ।
- एनआरएनलाई युवामैत्री संस्थाको रूपमा अघि बढाउन सहयोग गरेको छ।
उम्मेदवारीका प्रमुख प्रतिबद्धता
एनआरएन आईसीसी उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गर्दै प्रविन गुरुङ्ले यसलाई व्यक्तिगत पद–प्रतिष्ठाको विषय नभई, संस्थागत सुधार, प्रवासी नेपालीको अधिकार र संगठनलाई नयाँ उचाइमा पुर्याउने स्पष्ट प्रतिबद्धता का रूपमा अघि सारेका छन्। उनका प्रमुख प्रतिबद्धता यस प्रकार रहेका छन्:
१. एनआरएनमा एकता, संस्थागत स्थायित्व र विश्वास पुनर्स्थापना:
पछिल्ला वर्षहरूमा देखिएका आन्तरिक विभाजन, अविश्वास र विवादलाई अन्त्य गर्दै एनआरएनलाई एकीकृत, बलियो र विश्वसनीय संस्थाको रूपमा पुनर्स्थापना गर्नु उनको प्रमुख प्रतिबद्धता हो।
उनको धारणा अनुसार, संस्था व्यक्तिमा होइन प्रणालीमा चल्नुपर्छ, त्यसैले:
- निर्णय प्रक्रियालाई पारदर्शी बनाउने।
- सबै राष्ट्रिय समन्वय परिषद् (NCC) लाई समान सम्मान र सहभागिता दिने।
- विवाद समाधानका लागि संवाद र सहमतिको संस्कार विकास गर्ने।
कार्यसूचीलाई प्राथमिकतामा राख्ने बताएका छन्।
२. प्रवासी नेपालीका वास्तविक समस्या समाधानमा केन्द्रित नेतृत्व:
प्रवासी नेपालीहरूले भोग्दै आएका:
- श्रम, रोजगारी र कानुनी समस्या।
- सामाजिक सुरक्षा।
- आपतकालीन उद्धार तथा सहयोग।
जस्ता विषयलाई नीति तहसम्म पुर्याएर समाधानतर्फ लैजान उनले स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन्।
एनआरएनएलाई केवल कार्यक्रममुखी होइन, समस्या समाधानमुखी संस्था बनाउने उनको लक्ष्य छ।
३. संकटमा अग्रमोर्चामा उभिने सक्षम र जिम्मेवार एनआरएन:
भूकम्प, बाढी–पहिरो, महामारी, हावा हुरी जस्ता संकटमा देखिएको आफ्नो अनुभवलाई आधार बनाउँदै:
- आपतकालीन राहत संयन्त्रलाई थप व्यवस्थित बनाउने।
- छिटो निर्णय र प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने।
- पीडितसम्म सहयोग समयमै पुग्ने संरचना विकास गर्ने।
उनको प्रतिबद्धता रहेको छ।
उनका अनुसार, संकटका बेला एनआरएनए औपचारिक संस्था होइन, मानवीय भरोसाको आधार बन्नुपर्छ।
४. युवा नेतृत्व र नयाँ पुस्ताको सशक्त सहभागिता:
एनआरएनएलाई भविष्यतर्फ उन्मुख बनाउन युवा पुस्तालाई नेतृत्वमा ल्याउनु अपरिहार्य रहेको उनको विश्वास छ।
त्यसका लागि:
- युवामैत्री नीति र कार्यक्रम।
- पेशागत, व्यवसायिक तथा सृजनशील युवालाई संस्थासँग जोड्ने।
- नेतृत्व विकास कार्यक्रमलाई प्राथमिकता दिने।
उनको योजना छ। उनले एनआरएन लाई “केही व्यक्तिको संस्था” होइन, सम्पूर्ण प्रवासी नेपालीको साझा मञ्च बनाउने प्रतिबद्धता जनाएका छन्।
५. नेपाली कला, संस्कृति र खेलकुदको अन्तर्राष्ट्रिय प्रवर्द्धन:
प्रवासी भूमिमा नेपाली पहिचान जोगाउन:
- कला, संगीत, साहित्य र सांस्कृतिक कार्यक्रमलाई संस्थागत रूपमा प्रवर्द्धन गर्ने
- एनआरएन सिङ्गिङ ग्लोबल आइडल, ग्लोबल एनआरएन सिङ्गरजस्ता कार्यक्रमलाई निरन्तरता र विस्तार दिने
- खेलकुदमार्फत युवा एकता र राष्ट्रिय गौरव प्रवर्द्धन गर्ने ।
उनको स्पष्ट प्रतिबद्धता छ।
६. एनआरएनको सार्वजनिक छवि र मिडिया विश्वसनीयता सुदृढीकरण:
एनआरएलाई:
- सकारात्मक, उत्तरदायी र भरोसायोग्य संस्थाको रूपमा प्रस्तुत गर्ने
- मिडियासँग स्वस्थ र जिम्मेवार सम्बन्ध विकास गर्ने।
- गलत सूचना र भ्रमको प्रभावकारी खण्डन गर्ने।
कार्ययोजनालाई पनि उनले आफ्नो प्राथमिकतामा राखेका छन्।
अन्तमा:प्रविन गुरुङको उम्मेदवारी केवल पदका लागि प्रतिस्पर्धा होइन, एनआरएन आईसीसी उपाध्यक्ष पदमा प्रविन गुरुङको उम्मेदवारी सेवा, अनुभव र समुदायप्रतिको प्रतिबद्धताबाट निर्देशित छ।
अनुभव, ऊर्जा, सेवाभाव र स्पष्ट दृष्टिकोण सहित एनआरएनलाई नयाँ चरणमा लैजाने प्रतिबद्ध प्रयासका रूपमा अघि बढेको देखिन्छ।
यही कारण, उनका प्रतिबद्धताहरूले उनलाई एनआरएन आईसीसी उपाध्यक्ष पदका लागि एक जिम्मेवार, सक्षम र भरोसायोग्य उम्मेदवार को रूपमा स्थापित गरिरहेका छन्।
२०२६–२०२८ कार्यकालका लागि उनको उम्मेदवारी एनआरएन लाई थप व्यवस्थित, सक्रिय र समुदायमैत्री बनाउने दिशामा एक महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।