सोमवार, फाल्गुन ४, २०८२ | February 16, 2026

फाउन्डेशनको ग्लोबल युथ नेटवर्क २६ देशमा

फाउन्डेशनको ग्लोबल युथ नेटवर्क २६ देशमा

  • Naveen Sanchar

  • आइतवार, फाल्गुन ३, २०८२

  • 31
    Views
फाउन्डेशनको ग्लोबल युथ नेटवर्क २६ देशमा

– नवीनसञ्चार सम्वाददाता
काठमाडौं । जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेशन, ग्लोबल युथ नेटवर्कका विभिन्न २६ देशमा च्याप्टर गठन गरिएको छ । ग्लोबल युथ नेटवर्कद्वारा भर्चुअल माध्यमद्वारा आयोजित एक कार्यक्रममा सो जानकारी दिइएको हो । नेटवर्ककका साउदी अरेबिया अध्यक्ष अरुण बेल्बासेले समारोहमा नवनियुक्त च्याप्टर अध्यक्षको परिचय समेत गराइएको नवीनसञ्चारलाई बताउनुभयो ।
कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्नुहँदै गैरआवासीय नेपाली संघ (एनआरएनएं) का पूर्वअध्यक्ष डा शेष घलेले संसारभरी रहनुभएका नेपाली युवालाई केवल व्यवसाय मात्र नगरी प्रभाव सृजना गर्ने दिशामा अघि बढ्न आह्वान गर्नुभएको छ।
सो अवसमा डा घलेले उद्यमशीलता एक पेशा मात्र भए पनि उद्यमी स्वभाव जिम्मेवारी भएको उल्लेख गर्दै अहिलेको पुस्तालाई व्यक्तिगत सफलताभन्दा सामूहिक उन्नतितर्फ केन्द्रित हुन आग्रह गर्नुभयो। “उद्यमशीलताले व्यवसाय निर्माण गर्छ, तर उद्यमी स्वभावले मूल्य निर्माण गर्छ,” उहाँले भन्नुभयो। उहाँले ले हाल विश्वका विभिन्न मुलुक—अष्ट्रेलिया, अमेरिका, युरोप, खाडी, एसिया र अफ्रिकामा एक करोडभन्दा बढी नेपाली बसोबास गरिरहेको उल्लेख गर्दै यसलाई ‘ब्रेन ड्रेन’ होइन ‘ब्रेन डिस्ट्रीब्युसन’ का रूपमा लिनुपर्ने बताउनुभयो। तर दिशाविहीन वितरण अन्ततः कमजोर बन्ने चेतावनी दिँदै उहाँले सामूहिक उदय नै अहिलेको मुख्य प्रश्न भएको उहाँको धारणा थियो ।

नेपाल सरकारका सहसचिव लीलाधर सुवेदीले नरम शक्तिको रुपमा नेपाललाई चिनाउन गैर आवासीय नेपालीहरुको भूमिका रहने बताउंदै आर्थिक मात्रै नभएर बौद्धिक लगानी गर्न पनि एनआरएन अगाडि आउनु पर्ने बताउनुभयो । उहाँले फाउन्डेशनसंग आबद्ध युवालाई मधेशी, दलित समुदाय लगायतमा ध्यान केन्द्रित गरी पर्यटन प्रबर्द्धनमा भूमिका निर्वाह गर्न सुझाव समेत दिनुभयो। समारोहमा एनआरएनएका पूर्व अध्यक्ष कुल आचार्य, उपाध्यक्ष डा हेमराज शर्मा, बुद्धि सुवेदी, रबिन शेरचन, मनोज गोर्खाली, महिला संयोजक अनुजा प्रधान, वरिष्ठ एनआरएन अभियन्ता दिल गुरुङ (जर्मनी), दिलु पराजुली (एनआरएनए क्षेत्रीय संयोजक, अमेरिकां), एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष डा अर्जुन बन्जाडे, जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेशन अष्ट्रेलियाका अध्यक्ष डा डिल्ली बन्जाडे, डेनमार्ककी अध्यक्ष सीता बराल, पूर्व सांसद बिजुल बर्मा राना, सुरज राज त्रिपाठी (वरिष्ठ उपाध्यक्ष, नेपाली जनसम्पर्क समिति, साउदी अरबं) लगायतले शुभकामना दिनुभएको थियो ।

जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेशन ग्लोबल युथ नेटवर्कका अध्यक्ष मदन राज पौडेलको सभापतित्वमा संचालित कार्यक्रममा फाउन्डेशनका अध्यक्ष डा यादव पण्डितले संसारभरि रहेका नेपालीलाई जोड्ने माध्यमको रुपमा संस्थाको स्थापना गरिएको जानकारी दिनुभयो । फाउन्डेशनले आम नेपालीलाई सहयोग समेत गर्ने उहाँको भनाई थियो ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha