मङ्लबार, माघ १४, २०८२ | January 27, 2026

मानवसेवा आश्रम, यूकेद्वारा नेपाललाई सडक मानवमुक्त बनाउने प्रतिबद्धता

मानवसेवा आश्रम, यूकेद्वारा नेपाललाई सडक मानवमुक्त बनाउने प्रतिबद्धता

  • Naveen Sanchar

  • मङ्लबार, माघ १४, २०८२

  • 24
    Views
मानवसेवा आश्रम, यूकेद्वारा नेपाललाई सडक मानवमुक्त बनाउने प्रतिबद्धता

नवीनसञ्चार सम्वाददाता
​गिल्डफोर्ड, यूके । मानवसेवा आश्रम यूके च्याप्टरले विदेशमा रहेर पनि मातृभूमि नेपालमा मा सडक तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य सहयोगापेक्षी, बेसहारा, असक्त, असहाय, अनाथ, अभिभावकविहीन तथा मानसिक एवं शारीरिक रूपमा कमजोर नागरिकको सेवामा समर्पित मानवसेवा आश्रमको अभियानलाई निरन्तर साथ र सहयोग गर्ने प्रतिबद्धताजनाएको छ । यूके च्याप्टरद्वारा बेलायतथस्थित द न्यु रोज रेस्टुरेन्ट, गिल्डफोर्डमा आयोजित विशेष बैठक यूकेमा बसोबास गर्ने मानवसेवा आश्रमका अभियन्ता, सदस्य तथा शुभेच्छुकको उल्लेखनीय उपस्थिति रहेको थियो।

च्याप्टर संयोजक सुनिल बाबु खड्काको अध्यक्षतामा सम्पन्न बैठकको सञ्चालन महासचिव यादव श्रेष्ठले गर्नुभएको थियो। बैठकमा सल्लाहकार एवं अभियन्ता शिवाजी श्रेष्ठ,चन्द्र अर्याल, सुरेन्द्र श्रेष्ठ, राजु आचार्य, विक्रम भट्टराई, देवेन्द्र सिंह श्रेष्ठ, मीन दर्लामी, रस्मिता दर्लामी, तुलसी फुयाँल, बसन्त गौतम, मञ्जु भण्डारी खरेल, जीवन बहादुर शाही, सुलोचना थापा, राधा गौतम, रामकृष्ण अर्याल, ललिता अर्याल, कमला खड्का, विवेक अधिकारी, प्रकाश भण्डारी, श्याम पाण्डे, माधव राज उप्रेती, राजु पाठक, पवित्रा भट्टराई, मीनू शाक्य श्रेष्ठ, सुमित्रा श्रेष्ठ, उर्मिला श्रेष्ठ, सुयोग्य श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।
बैठकले आगामी वार्षिक साधारण सभा , १९ जुलाईमा एल्डरसटमा आयोजना गर्ने निर्णय गरेको छ। साथै, यूकेका विभिन्न स्थानहरू—साउथ ईस्ट लन्डन, साउथ वेस्ट लन्डन, मिडल्याण्ड्स, एल्डरसट, स्कटल्यान्ड लगायत अन्य क्षेत्रमा बृहद् कार्यक्रम आयोजना गरिनेछ।
कार्यक्रममा नेपालबाट मानवसेवा आश्रमका संस्थापक तथा केन्द्रीय अध्यक्ष रामजी अधिकारी तथा उहाँको टोलीको विशेष उपस्थितिमा सञ्चालन गरिनेछ। मानवसेवा आश्रमको २०८२ सालसम्म सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने राष्ट्रिय अभियानलाई सशक्त साथ दिन यी कार्यक्रम आयोजना गर्न लागिएको आयोजक समितिले जनाएको छ।
​ यूकेस्थित विभिन्न संघ–संस्थासँग समन्वय गरी समय व्यवस्थापन गर्दै समारोह सञ्चालन गरिनेछ । आफूलाई पायक पर्ने स्थानमा  सहभागी हुन मानवसेवा आश्रम यूके च्याप्टरले सबैलाई अनुरोध गरेको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha