मङ्लबार, मंसिर १७, २०८२ | December 2, 2025

गण्डकी प्रदेश समन्वय परिषद् कतारद्वारा बृहत रक्तदान कार्यक्रम सम्पन्न

गण्डकी प्रदेश समन्वय परिषद् कतारद्वारा बृहत रक्तदान कार्यक्रम सम्पन्न

  • रोशन अर्याल, संवाददाता दोहा कतार

  • शनिबार, मंसिर १४, २०८२

  • 188
    Views
गण्डकी प्रदेश समन्वय परिषद् कतारद्वारा बृहत रक्तदान कार्यक्रम सम्पन्न

दोहा कतार:  “रक्तदान जीवनदान, जीवनदान महादान” भन्ने सेवा भावानालाई आत्म साथ गर्दै, गण्डकी प्रदेश समन्वय परिषद् कतार र प्रदेश मातहतमा रहेका जिल्ला संस्थाहरूको संयुक्त आयोजना तथा नेपाली रक्तदाता सङ्घ कतारको समन्वयमा, संस्थाको नवौं स्थापना दिवसको अवसरमा आयोजित बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कतारमा रहनु हुने नेपालीहरु, एवंम् कतारी र बंगलादेशका नागरिकले समेत गरि ४२ जना दाताहरुले रक्तदान गरेका छन् ।

 

परिषद् कतारले केहि महिना अगाडी मात्र गण्डकी प्रदेशको राजधानी शहरमा समेत बृहत रक्तदान कार्यक्रम आयोजना गरि भब्यता सम्पन्न गरेको थियो । सस्थाले यस्ता “मानवीय तथा परोपकारी” कार्यहरु मा परदेश देखि घरदेश सम्म परोपकारी कार्य एवंम् मानवीय कल्याण हेतु बिभिन्न गतिविधिहरु संचालन गर्दै आएको छ । प्रदेशमा आबद्ध क्रियाशील जिल्ला सस्थाहरु लाई जिल्ला सदरमुकामहरु मा रक्तदान जस्ता परोपकारी कार्यहरु गर्न अभिप्रेरित एवंम् समन्वय गर्ने गरेको छ । जस अनुसार कास्की आदर्श समाज कतार, मोना कतार, पर्वत समाज कतार, गोर्खा सेवा समाज कतार लगाएतका जिल्ला सस्थाहरुले जिल्लाको सदरमुकामहरु मा  संयुक्त रक्तदान कार्यक्रम सम्पन्न गरि सकेका छन् । पर्वत जिल्लाको सदरमुकाम कुश्मामा हालै सम्पन्न संयूक्त रक्तदान कार्यक्रममा जिल्ला रेडक्रस सोसाइटीलाई प्रदेशको तर्फ बाट १ र पर्वत समाज कतारको तर्फ बाट १ गरि, जम्मा २ ओटा बेड समेत सौजन्य प्रदान  गरिएको छ ।

हमाद अस्पतालको नेसनल ब्लड डोनेसन सेन्टरमा बिहान ८ बजे देखि शुरु भएको कार्यक्रम दिउँसो १ बजे सम्म चलेको थियो । कार्यक्रममा  सहभागी भई रक्तदान गरेका सम्पूर्ण दाताहरूलाई मानवीय सेवा प्रतिको प्रतिबद्धताको प्रशंसा पत्र प्रदान गर्दै अध्यक्ष नन्दलाल बिक अजयले कतारमा रहेका नेपाली श्रमिक र समुदायलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रममा “मानवीय सेवामा सक्रिय सहभागिता तथा दाताहरुलाई हार्दिक आभार सहित कृतज्ञता प्रकट गरे। कार्यक्रममा कतारमा स्थापित विभिन्न सामाजिक सङ्घ,संस्थाका प्रतिनिधिहरू,पत्रकार तथा नेपाली समुदायका अगुवाहरूको  उत्साहपूर्वक सहभागिता रहेको महासचिव मन प्रसाद रानाले जानकारी दिए ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha