शुक्रबार, माघ १७, २०८२ | January 30, 2026

एनआरएनए इजरायलको नवौं अधिवेशन २९ जुलाईमा हुने

एनआरएनए इजरायलको नवौं अधिवेशन २९ जुलाईमा हुने

  • Naveen Sanchar

  • आइतवार, साउन ५, २०८२

  • 186
    Views
एनआरएनए इजरायलको नवौं अधिवेशन २९ जुलाईमा हुने

नविन सन्चार डट कम – इजरायल

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् – इजरायल को नवौं अधिवेशन आगामी २९ जुलाई २०२५, मंगलबार को दिन हुने भएको छ। निर्वाचन समितिको २०२५ जुलाई १९ तारिख शनिबार बसेको बैठकले उक्त निर्णय गरेको हो।

निर्वाचन समितिकी संयोजक नितु खतिवडाद्वारा जारी गरिएको सूचनामा अधिवेशनलाई शान्त, सौहार्दपूर्ण र मर्यादित रूपमा सम्पन्न गर्नका लागि नेपाली राजदूतावास इजरायल, साथै इजरायलस्थित सम्पूर्ण सामाजिक, राजनीतिक, जातीय, धार्मिक संघसंस्था तथा सञ्चारकर्मीहरूलाई सक्रिय सहयोगका लागि आग्रह गरिएको छ।

समितिले यस अधिवेशनलाई एनआरएन अभियानको संस्थागत मजबूती र इजरायलमा रहेका नेपालीहरूको प्रतिनिधित्व सुदृढ बनाउने अवसरका रूपमा लिएको उल्लेख गरिएको छ।

सम्पर्क:

निर्वाचन समिति – एनआरएनए एनसिसी इजरायल


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha