मङ्लबार, अशोज २८, २०८२ | October 14, 2025

साउदी अरबमा गैरआवासीय नेपाली संघको दशौँ राष्ट्रिय महाधिवेशन तथा सांगीतिक कार्यक्रम हुने

साउदी अरबमा गैरआवासीय नेपाली संघको दशौँ राष्ट्रिय महाधिवेशन तथा सांगीतिक कार्यक्रम हुने

  • Naveen Sanchar

  • मङ्लबार, असार ३१, २०८२

  • 126
    Views
साउदी अरबमा गैरआवासीय नेपाली संघको दशौँ राष्ट्रिय महाधिवेशन तथा सांगीतिक कार्यक्रम हुने

रियाद, साउदी अरब

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् साउदी अरबको आयोजनामा दशौँ राष्ट्रिय महाधिवेशन तथा चर्चित सेलो गायिका जितु लोप्चनको विशेष सांगीतिक कार्यक्रम यहि जुलाई १८, २०२५ (शुक्रबार) का दिन राजधानी रियादमा भव्य रूपमा आयोजना हुने भएको छ।

संघका अनुसार महाधिवेशनसँगै नेपालकै लोकप्रिय लोक तथा सेलो गायिका जितु लोप्चनको प्रस्तुति रहने विशेष सांगीतिक कार्यक्रम पनि एकै साथ सम्पन्न गरिनेछ। कार्यक्रममा सहभागी हुने सम्पूर्ण नेपाली समुदायलाई नि:शुल्क प्रवेशको व्यवस्था गरिएको छ।

कार्यक्रम एक्जिट-१३, खुरेस रोड, फासदौरी नजिकै आयोजना गरिनेछ भने कार्यक्रमको समय मध्यान्ह १२:३० बजे देखि सुरु हुने जनाइएको छ। आयोजक संस्थाले साउदी अरबभरि कार्यरत सम्पूर्ण नेपाली समुदाय, संघसंस्थाका प्रतिनिधि, राजनीतिक दलका भ्रातृ संगठनहरू, सञ्चारकर्मीहरू, सामाजिक अभियन्ता तथा शुभेच्छुकहरूलाई उपस्थित भई कार्यक्रमलाई सफल बनाउन हार्दिक अनुरोध गरेको छ।

Google Map Location: https://maps.app.goo.gl/9Y5Dp5s4Ajj19HfEA

संघले यो महाधिवेशनलाई प्रवासी नेपालीबीच एकता, सञ्जाल विस्तार र संस्कृतिको जगेर्नाको साझा थलोको रूपमा विकास गर्ने लक्ष्य लिएको बताइएको छ।

✍️ नबिन सन्चार डट कम

🌐 प्रवासीको आवाज, प्रवासबाटै


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha