आइतवार, जेष्ठ ३१, २०८३ | June 14, 2026

नेपाली राजदूतावास, रियादद्वारा श्रमिक लक्षित सचेतनामूलक हाते पुस्तिका विमोचन

नेपाली राजदूतावास, रियादद्वारा श्रमिक लक्षित सचेतनामूलक हाते पुस्तिका विमोचन

  • Naveen Sanchar

  • शुक्रबार, असार २७, २०८२

  • 371
    Views
नेपाली राजदूतावास, रियादद्वारा श्रमिक लक्षित सचेतनामूलक हाते पुस्तिका विमोचन

नबिन सन्चार रियाद, साउदी अरेबिया

साउदी अरेबियास्थित नेपाली राजदूतावास, रियादको आयोजनामा आज ११ जुलाई २०२५ मा प्रवासी नेपाली श्रमिकहरूलाई लक्षित गरी तयार पारिएको सचेतनामूलक हाते पुस्तिकाको औपचारिक विमोचन कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख अतिथि रहनु भएका नेपालका राजदूत डा. नरेशप्रसाद ढकाल (H.E. Dr. Naresh Prasad Dhakal) ले पुस्तिकाको विमोचन गर्नुहुँदै, प्रवासी नेपाली श्रमिकहरूका अधिकार, कर्तव्य, सुरक्षामूलक जानकारी र आपत्कालीन सेवाबारे जानकारी दिने यस्ता पुस्तिकाहरू श्रमिक हितमा उपयोगी साधन हुने विश्वास व्यक्त गर्नुभयो।

उक्त पुस्तिका राजदूतावासले श्रमिकहरूको सचेतना अभिवृद्धि, कानुनी पहुँच र सहयोगप्राप्तिमा सहजता ल्याउने उद्देश्यले तयार पारेको हो। विमोचन कार्यक्रममा श्रमिक प्रतिनिधिहरू, समाजसेवी, तथा विभिन्न नेपाली संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

राजदूत डा. ढकालले प्रवासी नेपाली श्रमिकहरूलाई सशक्त, सुरक्षित र जागरूक बनाउने कार्यमा राजदूतावास सधैं अग्रसर रहने प्रतिवद्धता व्यक्त गर्नुभयो।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha