शुक्रबार, माघ १७, २०८२ | January 30, 2026

हेरिस्वर्ग पेन्सिलभेनियामा सर्जक सङ्गम तथा परिचयात्मक समारोह सम्पन्न।

हेरिस्वर्ग पेन्सिलभेनियामा सर्जक सङ्गम तथा परिचयात्मक समारोह सम्पन्न।

  • Naveen Sanchar

  • आइतवार, जेष्ठ २०, २०८१

  • 419
    Views
हेरिस्वर्ग पेन्सिलभेनियामा सर्जक सङ्गम तथा परिचयात्मक समारोह सम्पन्न।

नारद आचार्य सुदामा

‘भाषा हो सभ्यता हाम्रो सारा उदय, उन्नति

जीत, वैभव भाषामै बाँच्तछन् पछिसम्म यी’

सन् २०१४ मा कोठा न० ६९ बाट श्री गणेश गरेको साहित्यिक समूहले सन् २०१७ मा  त्रिवेणी साहित्य मञ्चको रूपमा स्थापित भएको थियो। यसै वर्ष यस मञ्चले  सरकारी मान्यता प्राप्त गर्दै आफ्नै निजी कार्यलयमा औपचारिक सर्जक सङ्गम तथा परिचयात्मक समारोह गर्न सफल भएकोछ। कार्यक्रममा हेरिस्वर्ग शहरबाट भाषा सहित्य र कलालाई माया गर्ने मूर्धन्य व्यक्तित्वहरूको बाक्लो उपस्थिति थियो। आफ्नो मन्तव्य राख्ने क्रममा ओ एच आर सि का भुतपुर्व अध्यक्ष तथा सामाजिक अभियान्ता यादुप्रसाद आचार्यले भाषा साहित्य र कलालाई कुनै खोला-नाला पहाड़-हिमाल र  ब्रह्माण्डको सिमाले नरोक्ने नछेक्ने भएकाले मञ्चलाई थप उर्जा हुँदै गरेको साथै बालबालिकाहरुका लागि नेपाली पठनपाठनको कार्यक्रम ल्याउन त्रिवेणी साहित्य मञ्चलाई आवहान गर्दै आफुले सकेको सहयोग गर्ने वचन दिनु भएको थियो । त्रिवेणी साहित्य मञ्चको उदेश्यमा अडिग रहेर भावी योजनाहरु बनाउदै जान मञ्चका प्रमुख सल्लाहकार नारद अधिकारीले बताउनु भएको थियो भनि मञ्चलाई अझ ठुलो रूपमा बिस्तार गर्न सामाजिक अभियान्त तथा व्यवसायी नेत्र आचार्यले जोड दिनु भएको थियो। त्रिवेणी साहित्य मञ्चलाई  कार्यक्रममा बोल्ने क्रम मा डा. खेम अधिकारीले मञ्चले  सकेसम्म महिनामा एउटा कार्यक्रम पस्किन अनुरोध गर्दै आफुले सकेको सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नु भएको थियो ।

आफ्नो मन्तव्य राख्ने  क्रममा मञ्चका कोशाध्यक्ष  महेन्द्र अधिकारीले मञ्चको प्रगति देखेर आफैं दङ्ग परेको र अझ धेरै सफलताको शिखरमा पुर्याउन सकिने कुरामा आफु डटेर लागी पर्ने कुरा बताउनु भएको भएको थियोे । मञ्चले मर्यादित कर्तव्य निष्ठ र रचनात्मक भएर काम गरेको कुराको प्रशंसा गर्दै मञ्चको विधान भित्र रहेर काम गर्न सल्लाह दिनुभएको थियो ।

मञ्चको बोर्डमा अबि अधिकारीलाई गत साता नै सह -सचिवको रिक्त स्थानमा नियुक्ति गरिएको थियो भनि अमृता शर्मा , मधु घिमिरे र प्रेम निरौलालाई सक्रिय सदस्यमा नियुक्त गरिएको छ । यसैगरी पत्रकार तथा साहित्यकार भक्त घिमिरे , साहित्यकार विष्णु लुइँटेल र डा. खेम अधिकारीलाई सल्लाहकार समितिमा नियुक्त गरिएको छ ।

मञ्चका अध्यक्ष केशब बैरागी माइलाले अहिलेसम्म भएका मञ्च गतिविधिलाई प्रष्ट पार्दै ६ जुलाई २०२४ का दिन २११ औं भानु जयान्ती कार्यक्रमको आयोजनलाई बहुजाती बहुभाषीमा रूपान्तारीत हुनु पर्छ कुरामा ध्यान आकर्षण गराउनु भएको  थियो ।

यसैगरी मञ्चका उपाध्यक्ष प्रेम घिमिरेले त्रिवेणी साहित्य मञ्चले 501C 3 ल्याउन निकै ठुलो संघर्ष गर्नु परेको कुराको जनाउनु भयो साथै पहिचान बोधको कुरा समेत छलफलमा राख्नु भएको थियो । कार्यक्रम मञ्चका सचिव नारद आचार्य “सुदामा ” संचालन गर्नु भएको थियो ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha