नवीनसञ्चार सम्वाददाता, दोलखा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा बागमती प्रदेश विभाग प्रमुख श्याम सुवेदीले आगामी स्थानीय निर्वाचनमा दोलखा जिल्लाको वैतेश्वर गाउँपालिकाबाट अध्यक्ष पदका लागि उम्मेदवारी दिने इच्छा व्यक्त गर्नुभएको छ। पार्टी स्थापनाकालदेखि नै दोलखामा सक्रिय रहँदै आउनुग्भएका सुवेदी एक लोकप्रिय, इमानदार र निष्ठावान नेताका रूपमा परिचित हुनुहुन्छ। अनेरास्ववियूबाट राजनीतिक यात्रा सुरु गर्नुभएका सुवेदी लामो राजनीतिक अनुभव, शालीनता र त्यागका पर्याय मानिनुहुन्छ। पार्टीप्रति जनविश्वास कम भएको कठिन समयमा समेत आफ्नो आस्था, विचार र सङ्गठनको झण्डा बोकेर निरन्तर खट्नुभएका उहाँले जिल्लामा पार्टीको बलियो आधार तयार पार्न अतुलनीय योगदान पुर्याउनुभएको छ। सङ्गठनप्रतिको यही समर्पण र निरन्तरताका कारण उहाँ यसअघि रास्वपाको वैतेश्वर गाउँपालिका समितिको सभापति, जिल्ला समिति सदस्य हुँदै हाल बागमती प्रदेश विभाग प्रमुखको जिम्मेवारी सफलतापूर्वक सम्हालिरहनु भएको छ। सामाजिक अभियान, युवा समाजसेवा तथा सफल व्यवसायीका रूपमा समेत पहिचान बनाउनु भएका सुवेदी स्थानीय तहको नेतृत्व गर्न सक्षम र योग्य पात्र मानिनुभएको छ। वैतेश्वर गाउँपालिकामा स्थानीय निर्वाचनको सरगर्मी बढिरहेको वर्तमान अवस्थामा सुवेदीको उम्मेदवारी चर्चाले स्थानीयस्तरमा नयाँ ऊर्जा थपेको छ। उहाँको लामो त्याग, सङ्घर्ष र सक्रिय राजनीतिक योगदानको सही मूल्याङ्कन पार्टी नेतृत्व र वैतेश्वरका आम नागरिकले गर्नेमा शुभचिन्तकले पूर्ण विश्वस व्यक्त गरेका छन्।