शुक्रबार, माघ १७, २०८२ | January 30, 2026

मनोहरा साहित्य समाज आठौं वर्षमा

मनोहरा साहित्य समाज आठौं वर्षमा

  • Naveen Sanchar

  • शनिबार, पुस १४, २०८०

  • 237
    Views
मनोहरा साहित्य समाज आठौं वर्षमा

काठमाडौँ । मनोहरा साहित्य समाजको आठौं वार्षिकोत्सव तथा ८४औं शृङ्खला अध्यक्ष डिल्लीराज अर्यालको सभापतित्व, वरिष्ठ साहित्यकार प्रह्लाद पोखरेलको प्रमुख आतिथ्यमा सम्मान अभिनन्दन कार्यक्रम सहित सम्पन्न भएको छ ।
सचिव भावकेशर बरालको सञ्चालन रहेको सो कार्यक्रममा साहित्यकार प्रतीक ढकाल, नगर समाजका अध्यक्ष विजयराज पौड्याल, अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणि, डा. रमेश शुभेच्छु, ग्लोबल पब्लिक स्कूलका प्राचार्य मातृका कार्की लगायतको विशेष आतिथ्य रहेको थियो।

सभाध्यक्ष र प्रमुख अतिथिको वरण, अतिथिहरूको आसन ग्रहणपछि प्रमुख अतिथि प्रह्लाद पोखरेलले दीप प्रज्ज्वल गरेर समुद्धाटन गरेको सो कार्यक्रमको शुभारम्भमा राष्ट्रिय गानबाट भएको थियो । सभाध्यक्ष अर्यालद्वारा अतिथिहरूलाई स्वागत गर्दै आफ्नो रचना वाचन र भूपि तथा लेखनाथको सम्झनामा उनका केही पङ्कति वाचन गरेपछि रचनावाचन प्रारम्भ भयो । स्रष्टाहरूका रचनावाचन, रचनाको टिप्पणी, मन्तव्य एवं शुभकामना हुँदै कार्यक्रम समापन भएको थियो। कार्यक्रममा विशिष्ट अतिथि विजयराज पौडेलले रचना वाचन र शुभकामना, प्राचार्य मातृका कार्की, प्रतीक ढकाल, गोविन्द घिमिरेले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा ७ जना स्रष्टाहरूलाई सम्मान अभिनन्दन गरिएको थियो । सम्मानित स्रष्टाहरूमा शीतल गिरी, खगेन्द्रनाथ शर्मा, प्रकाशमणि दाहाल (संस्थापक सदस्यहरूबाट), रत्ननिधि रेग्मी, घनश्याम प्रसाईं रचना वाचन गर्नेहरूमध्येबाट थिए भने रमा शर्मा र बखतबहादुर थापा अन्यबाट अभिनन्दित स्रष्टा हुन् । कार्यक्रममा सम्पत् काफ्ले, सुमन पुडासैनीले सम्मान अभिनन्दन पत्र वाचन गरेका थिए । विशेष अतिथि गोविन्द घिमिरे वेदमणिले आफूले मनोहरा साहित्य समाजको कोषमा १ लाख रुपियाँको कोष राख्ने घोषणा गरेका छन् ।

डिल्लीप्रसाद मूलतिहुन, नारायण जनकपुरी, ओमप्रसाद कोइराला, रुबी सत्याल, उषा बस्ताकोटी खनाल, शीतल गिरी, घनश्याम प्रसाईं, बखतबहादुर थापा, केशव ज्ञवाली, भोजराज रेग्मी मुखाले, सरिता घिमिरे, धरणी गुरागाईं, टिपी बाराकोटी, बुद्धिसागर पौडेल, रुद्र अधिकारी, सूर्यप्रसाद डुम्रे, राजेन्द्रकुमार बज्राचार्य, माधवलाल श्रेष्ठ, टि एन भट्ट विश्वामित्र, भावना न्यौपाने, प्रेमनाथ घिमिरे, ठाकुर प्रसाद खतिवडा, सरिता पराजुली, परशुराम पराशर लगायतका स्रष्टाहरूले रचना वाचन गरेका थिए । सो कार्यक्रममा खोलाघरे साहिंलाले सम्मानित, अभिनन्दित प्रतिभाहरूको संक्षिप्त परिचय दिएका थिए । त्यस्तै सम्मानित अभिनन्दित प्रतिभाहरूले धन्यवाद ज्ञापनसहित रचना वाचन गरेका थिए । विविध खालका रचना वाचन गरिएको सो कार्यक्रमको अन्त्यमा समीक्षक रमेश शुभेच्छुले वाचित रचनामाथि टिप्पणीसहित आफ्नो रचना प्रस्तुत गरेका थिए । कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि पोखरेलले संस्थाको प्रगतिको कामनासहित कविताको महत्त्वबारे चर्चा गरे । समाजका उपाध्याक्ष जसध्वज गुरुङले धन्यवाद ज्ञापन गरेपछि कार्यक्रम विसर्जन गरिएको थियो ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha