शुक्रबार, फाल्गुन ३०, २०८१ | March 14, 2025

इजरायलमा एनआरएनए अध्यक्ष डा. केसीको उपस्थितिमा दशैँको शुभकामना आदानप्रदान

इजरायलमा एनआरएनए अध्यक्ष डा. केसीको उपस्थितिमा दशैँको शुभकामना आदानप्रदान

  • Naveen Sanchar

  • मङ्लबार, कार्तिक ७, २०८०

  • 676
    Views
इजरायलमा एनआरएनए  अध्यक्ष डा. केसीको उपस्थितिमा दशैँको शुभकामना आदानप्रदान

 

नवीनसञ्चार सम्वाददाता

काठमाडौँ । गैर आबासीय नेपाली संघ रास्ट्रिय समन्वय परिसद(एनआरएनए,एनसिसि) इजरायलले नेपालीहरुको महान चाड बडा दशैँ २०८० तथा मोहनी नखा को पावन अबसरमा आयोजना गरेको दशैँ विशेष शुभकामना आदानप्रदान तथा ‘वर्तमान युद्ध एवं सुरक्षाका उपाय’ विषयक कार्यक्रम इजरायलका लागि नेपाली राजदूत कान्त रिजालको प्रमुख आतिथ्यमा र संस्थाका अध्यक्ष कृष्ण भण्डारीको सभापतित्वमा सम्पन्न भएको छ्र । यस महत्वपूर्ण कार्यक्रममा विशिष्ट अतिथि गैर आवासीय नेपाली संघका नवनिर्बाचित अध्यक्ष डा. बद्री केसी ,उपाध्यक्ष डा हेमराज शर्मा ,उपाध्यक्ष रामशरण सिम्खडा ,उपाध्यक्ष चिरञ्जिवी घिमिरे ,केन्द्रीय महिला संयोजक अनुजा प्रधान ,केन्द्रीय सहकोषाध्यक्ष अभिमन्यु बस्नेत ,केन्द्रीय उपसचिव सोम सापकोटा , केन्द्रीय सचिब भिम के सी कमल , युरोप संयोजक डा चिरन्जिबी खड्का , केन्द्रीय सचिब डा नबराज रोस्यारा ,महिला सचिब राधिका गुरुङ ,नारीका लागि नारि अभियान इजरायलकी सस्थापक अध्यक्ष नितु खतिवडा ,प्रवासी नेपालि मंच इजरायलका अध्यक्ष गीता सुबेदी , जनसम्पर्क समिति इजरायलका सभापति कटक श्रेष्ठ ,प्रवासी नेपालि एकता समाज इजरायलका अध्यक्ष अर्जुन बस्नेत ,सलोम नेपाल मुभमेन्ट सोसाइटीकी सचिव ज्योति शर्मा ,नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाका अध्यक्ष राजकुमारी श्रेष्ठ ,बागेस्वारी क्याम्पस कोहलपुरका प्राध्यापक खोपिराम ओली , मनोचिकित्सक डा मधुर बस्नेत लगायत इजरायलमा भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीको उपस्थिति रहेको थियो्र । उक्त कार्यक्रम संस्थाका महासचिव अली मोहम्मद मियाले संचालन गर्नु भएको थियो । एनआरएनए आइसिसी सदसय बिशाल ज्ञावालीले स्वागत मन्तब्य दिदै उपस्थित सम्पुर्णलाई स्वागत गर्नु भएको थियो र त्यस्तै शुभकामना मन्तब्य गैर आबासीय नेपालि संघ इजरायलका पुर्ब अध्यक्ष तथा बर्तमान संरक्षक दिपक प्रसाद ओली जी ,गणेश गिरि  , महामहिम राजदुत कान्ता रिजाल  तथा केन्द्रीय नबनिर्बाचित अध्यक्ष डा बद्री केसी  ,उपाध्यक्ष राम शरण सिम्खडा  ,डा हेमराज शर्मा ,केन्द्रीय महिला संयोजक अनुजा प्रधान  ,केन्द्रीय सचिब भिम केसी कमल  लगायतका व्यक्तित्व हरुले शुभकामना मन्तब्य राख्नु भएको थियो मन्तब्यकै क्रममा इजरायलमा भएका हरेक नेपालीहरुलाई परेको जुनसुकै समस्यामा मा आफुले सकेको सहयोग गर्न पछी नपर्ने प्रतिबद्दता पनि डा केसी दिनु भएको छ ्रसाथै नबनिर्बाचित पदाधिकारीहरुको इजरायल प्रति गर्नी पर्ने हरेक सहयोगको प्रतिबध्द्ता व्यक्त गर्दै इजरायल बासि नेपालीहरुलाइ धन्यबाद तथा विजय दशमीको शुभकामना पनि दिनुभएको छ ्र इजरायलको समसामयिक परिबेस्लाई मध्यनज गर्दै एन सिसि इजरायलले मनोचिकित्सक डा मधुर बस्नेत लाइ आमन्त्रण गरेको थियो उहाले डा बस्नेतले यस्तो गम्भीर अबस्थामा मानसिक तनाब हुने सम्बन्धमा उपायका बारेमा समेत जानकारी गराउनु भएको थियो ्रत्यसै गरि सभापति भण्डारीले इजरायलको समसामयिक परिस्थिको बारेमा जानकारी गराउदै सबै जना इजरायल सरकारले अपनाएको सुरक्षा बिधि लाइ मान्नु पर्ने कुरा,आ जोड दिनु भयो साथै इजरायल बासि नेपालीहरुको लागि आबस्यक परेको बेला जुनसुकै अबस्थामा पनि एनआरएनए ( एनसिसि इजरायलको सहयोग रहने कुरामा बिस्वास दिलाउदै कार्यक्रम समापन गर्नु भयो । उहाँले एनआरएनए आइसीसीका नवनिर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन गर्दै कार्यकाल सफलताको कामना गर्नुका साथै विजया दशमीको शुभकामना समेत दिनुभएको थियो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha