साउदी अरवको ताबुकमा गायक टंक बुढाथोकी र लोक गायीका प्रिती आलेको धमकेदार प्रस्तुति
साउदी अरवको ताबुकमा गायक टंक बुढाथोकी र लोक गायीका प्रिती आलेको धमकेदार प्रस्तुति
Naveen Sanchar
शनिबार, असार २, २०८१
178
Views
नवीन सञ्चार साउदी अरव
शुक्रबार गैरआवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति ताबुक द्वारा आयोजित इस्लामिक पर्व इद अल अधाको उपलक्ष्यमा बृहत सांगितिक कार्यक्रम २0२४ को अवसरमा साउदीको ताबुक शहरमा भएको कार्यक्रममा गायक गायक टंक बुढाथोकी र लोक गायीका प्रिती आले ले पहिलो पटक साउदी अरवको ताबुकमा धमकेदार प्रस्तुति दिए ।
कार्यक्रम मा गायक टंक बुढाथोकी ले मन बिनाको धन ठुलो कि धन बिनाको मा ,कसरि कसरी ,कसरी कसरि ,चौरीको चाम्रो छुर्पी,बा आमा ,तोरी तेल लाएर कपाल कालो भो ,तिम्रो फोटो देखाई देखाई ,टिक टक मा देखेको जस्ता गीतबाट नेपाली दर्शकहरू लाई मनोरन्जन दिइएका थिए भने लोक गायिका प्रिती आले ले सोल्टी राजाको तुम्लेट, नयाँ साथी ,नानिको कहाँ पर्यो घर, फुल्लो बाबरी जस्ता गीतबाट दर्शकहरू लाई मनोरन्जन दिइएकी थिइन।
कार्यक्रममा स्थानीय कलाकर द्दारा थप नृत्य तथा गायनद्वारा मनोरञ्जन दिएका थिए। गायक गायिका लाई आयोजकको तर्फबाट मायाको चिनोले समेत सम्मान गरिएको थियो ।कार्यक्रम को संचालन प्रवक्ता शक्ति भट्ट र रीतिका खतिवडा बाट संयुक्त रुपमा गरीएको थियो।कार्यक्रम निर्धारित समय भन्दा ढिलो सुरुवात भए पनि समयमै सम्पन्न भएको थियो।कार्यक्रम मा कार्यवाहक महावाणिज्यदूत शत्रुधन पोखरेलले यो कार्यकम ताबुक क्षेत्र को लागी एक एैतिहासिक सागीतिक कार्यक्रम भएको बताउनु भयो।