९ असार, काठमाडौं । नेपालभाषाका संचारकर्मी श्रीकृष्ण महर्जनलाई मातृशोक परेको छ । ८२ वर्षीया उहॉकी आमा बागमती महर्जनको आज असार ९ गते बिहान ४.५५ बजे कीर्तिपुर १ गःसि टोलस्थित निवासमा देहावसान भएको पारिवारिक स्रोतले जनाएको छ । संचारकर्मी महर्जन नेवार समुदायको राष्ट्रिय संगठन नेवाः देय् दबूका केन्द्रीय महासचिवसमेत हुन् । स्व. बागमती महर्जनको पार्थिव शरीरको आज बिहान परम्पराअनुसार कीर्तिपुरको दीखुघाट क्षेत्रमा अन्त्येष्टि गरिएको जानकारी दिईएको छ । शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना ।