बिहिबार, जेष्ठ १४, २०८३ | May 28, 2026

राष्ट्रिय स्वतन्त्र पार्टी प्रवासी नेपाली सम्पर्क विभाग पूर्वी क्षेत्र जुवेलको प्रथम अधिवेशन सम्पन्न

राष्ट्रिय स्वतन्त्र पार्टी प्रवासी नेपाली सम्पर्क विभाग पूर्वी क्षेत्र जुवेलको प्रथम अधिवेशन सम्पन्न

  • Naveen Sanchar

  • बिहिबार, जेष्ठ १४, २०८३

  • 18
    Views
राष्ट्रिय स्वतन्त्र पार्टी प्रवासी नेपाली सम्पर्क विभाग पूर्वी क्षेत्र जुवेलको प्रथम अधिवेशन सम्पन्न

दम्माम, साउदी अरब नबिन सन्चार

राष्ट्रिय स्वतन्त्र पार्टी प्रवासी नेपाली सम्पर्क विभाग पूर्वी क्षेत्र जुवेलको प्रथम अधिवेशन २०२६ मे २७ तारिखका दिन जुवेल स्थित सार्क रेस्टुरेन्टमा सभ्य तथा भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनबाट सुरोज अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ।

निर्वाचित पदाधिकारीहरूमा सुरोज अधिकारी सभापति, रमेश कुमार सिटौला उपसभापति, मनोज कुमार कामत सचिव, अर्जुन खड्का क्षेत्री कोषाध्यक्ष तथा भुम बहादुर बुढा सहसचिवमा चयन भएका छन्।

त्यसैगरी सदस्यहरूमा रतन देवदाश, भुम बहादुर राना, रन्जित सुनार, चम्पक कार्की, मनोज कार्की, गंगा बहादुर रिमाल क्षेत्री, रेशम लाल गुरुङ, सुनिल कुमार तामाङ, दिपेन्द्र थापा, कल्याण बराल, निपेश जंग कार्की, सुरज चम्लागाईं तथा केशव राना चयन भएका छन्।

कार्यक्रमको सभापतित्व भुपाल भण्डारीले गर्नुभएको थियो। प्रमुख अतिथिका रूपमा प्रवास विभाग प्रमुख दीपक बोहरा भर्चुअल माध्यमबाट सहभागी हुनुभएको थियो भने प्रवास विभाग सचिव पदमराज पन्थीको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा निवर्तमान उपसभापति प्रेम आचार्य, गैरआवासीय नेपाली संघ का अध्यक्ष उमेशराज भट्टराई, वरिष्ठ समाजसेवी तथा राष्ट्रिय स्वतन्त्र पार्टी का पार्टी पिलर कृष्ण पुरी लगायत अतिथिहरूको सहभागिता रहेको थियो। साथै प्रवासी नेपाली सम्पर्क विभाग शाखाका प्रमुख खगेन्द्र बरालको पनि उपस्थिति रहेको थियो।

अधिवेशनमा जुवेल क्षेत्रका नेपाली कामदारहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा नयाँ सदस्यता लिनेहरूको उत्साहजनक उपस्थिति समेत देखिएको आयोजकले जनाएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै सभापति भुपाल भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवासी नेपाली सम्पर्क विभाग साउदी अरबले पार्टीलाई परिणाममुखी बनाउने भूमिकामा सक्रिय हुनुपर्ने बताउनुभयो।

त्यसैगरी निवर्तमान उपसभापति प्रेम आचार्यले साउदी अरबमा अवैध रूपमा काम गरिरहेका नेपालीहरूको समस्याप्रति ध्यानाकर्षण गराउँदै गैरकानुनी गतिविधिमा संलग्न नहुन सबैलाई आग्रह गर्नुभयो।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha