शुक्रबार, असार ५, २०८३ | June 19, 2026

बर्डफ्‌लु: कीर्तिपुरमा ठूलो परिमाणमा कुखुरा, हॉस नष्ट, चिडियाखाना अनिश्चितकालिन बन्द

बर्डफ्‌लु: कीर्तिपुरमा ठूलो परिमाणमा कुखुरा, हॉस नष्ट, चिडियाखाना अनिश्चितकालिन बन्द

  • Naveen Sanchar

  • शुक्रबार, असार ५, २०८३

  • 92
    Views
बर्डफ्‌लु: कीर्तिपुरमा ठूलो परिमाणमा कुखुरा, हॉस नष्ट, चिडियाखाना अनिश्चितकालिन बन्द

५ असार, काठमाडौं । उपत्यकामा बर्डफ्‌लुको प्रभाव बढ्दै गएको देखिएको छ । आज शुक्रवार दिउॅसो पशु सेवा विभाग र कीर्तिपुर नगरपालिकाको पशु सेवा शाखाले ठूलो परिमाणमा कुखुरा र हॉस नष्ट गरेको छ । कीर्तिपुर ३ वडा दीखुघाट क्षेत्रनजिकका टहराहरुमा पालन गरिएका कुखुरा तथा हॉसहरुमा बर्डफ्‌लु
पुष्टि भएपछि ७ वटा टहराका करिब १ हजार ५ सय कुखुरा नष्ट गरिएको जनाएको छ ।
साथै आजै राष्ट्रिय प्रकृति संरक्षण कोषले एक सूचना प्रकाशित गरि चिडियाखानाका पंक्षीहरुमा बर्डफ्‌लु पुष्टि भएको भन्दै अर्को सूचना प्रकाशित नभएसम्म अनिश्चितकालसम्म चिडियाघर बन्द रहने जनाएको छ । ललितपुर महानगरपालिकाले उपत्यकामा बढ्दो बर्डफ्‌लुको प्रभावबाट सचेत रहन जनमानसमा अनुरोध गरेको छ ।

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha