सोमवार, फाल्गुन ५, २०८१ | February 17, 2025

कुलमान घिसिङको उपस्थितिमा साउदीमा सोनाम ल्होछार मनाइने

कुलमान घिसिङको उपस्थितिमा साउदीमा सोनाम ल्होछार मनाइने

  • Naveen Sanchar

  • सोमवार, माघ २९, २०८०

  • 76
    Views
कुलमान घिसिङको उपस्थितिमा साउदीमा सोनाम ल्होछार मनाइने

-देवी बहादुर कार्की
साउदी अरेबिया । नेपाल तामाङ घेदुङ, साउदी अरेबियाको आयोजनामा तामाङ समुदायले मनाउने राष्ट्रिय पर्व मञ्जुश्री संवत् २८६० डुक/मुपुख्री ‘सोनाम ल्होछार’ तथा बृहत् साँस्कृतिक कार्यक्रम आगामी शुक्रबार बिहान १० बजे आयोजना हुने भएको छ । नेपाली दूतावास, साउदी अरबका राजदूत नवराज सुबेदीको प्रमुख आतिथ्यमा सम्पन्न हुने समारोहमा नेपालबाट नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र नेपाल तामाङ घेदुङका संघीय सहअध्यक्ष कुमार घिसिङको उपस्थितिमा शुभकामना आदानप्रदान कार्यक्रम साथै साउदी अरबमा रहेका चर्चित स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजकले जनाएका छन् । सो अवसरमा नेपाली नृत्य समूहको समेत प्रस्तुति रहने बताइएको छ ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha