बिहिबार, फाल्गुन ८, २०८१ | February 20, 2025

क्यानडामा ल्योसार भव्यताका साथ मनाइयो

क्यानडामा ल्योसार भव्यताका साथ मनाइयो

  • Naveen Sanchar

  • बुधबार, माघ १०, २०८०

  • 836
    Views
क्यानडामा ल्योसार भव्यताका साथ मनाइयो

नवीन प्रभात क्यानडा

 

 

क्यानडामा ल्योसार भव्यताका साथ मनाइयो ।

बौद्ध धर्मावलम्बीहरुको महान पर्व मद्धेको तमु ल्होसार लण्डन ओण्टारियोमा  भव्याताका साथ मनाइएको छ । गुरुङ एकता समाज  लण्डन ओण्टारियोले आयोजना गरेको कार्यक्रममा बौद्ध धर्मावलम्बी बाहेक अन्य समुदायको पनि उल्लेखनीय उपस्थिती थियो । गायन ,नृत्यका  साथै बिभिन्न  मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरिएको थियो । कार्यक्रममा सहभागी नृत्यकर्मी तथा गायकहरुलाई  प्रोत्साहन स्वरुप अन्त्यमा मेडल बितरण गरिएको सुकु राईले नवीन संचारलाई जानकारी गराउनु भयो । गुरुङ एकता समाज  बिगत ८ बर्ष  देखि लण्डन ओन्टारियोमा गैरनाफामुखी संस्थाको  रुपमा स्थापना भएको एक सामाजिक संस्था हो । स्थापना काल देखीनै यो संस्थाले साँस्कृतिक तथा  सामाजिक  कार्यक्रमहरु गर्दै आएको उक्त संस्थाका उपाध्यक्ष समेत रहनु भएका  लाल लेगाईं गुरुङले कुराकानीको क्रममा बताउनु भयो  । उहाँले थप्दै कोरोनाकाल अघिको समयमा समाजका  बालबालिकाहरुलाई खेलकुद  लगायतका गतिविधिहरुमा सकृय  सहभागी गराएको जानकारी गराउनु भयो ,यसका साथै विभिन्न ठाँउका  युवाहरु माझ फुट्बल प्रतियोगिताहरु आयोजना गरेको र यी कार्यक्रमहरुलाई भविष्यमा पनि निरंतरता दिने प्रतिबद्धता उपाध्यक्ष  गुरुङले जाहेर गर्नु भयो । गुरुङ एकता समाज सन् २०१६ मा सामाजिक सेवाको लागि संथापना भएको सामाजिक संथा हो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha