भानु ढुङ्गाना
क्यानाडा
कविता : हामी कहाँ छौँ—-
भक्ति दर्शन छ
तर शक्ति सन्तुलन छैन किन ?
शिक्षा छ साहित्य छ
तर अपनत्व अनि स्थायित्व छैन किन ?
शास्त्र र सार्वभौम छौँ
तर बग्दैछ हाम्रो पहिचान छ किन ?
ऊर्जा असरल्ल छ
तर उत्सर्ग छैन किन ?
यो भएन त्यो भएन
होइन अब
हुनु पर्ने तर नभएको
हुनुपर्छ अब
जाग अब जाग लौन जाग
मन मष्तिष्कसँग जाग
बाँकी छ लेख्न इतिहास
जागन भाईभतिजाहरु जाग
पढ लेख भाई दिल-लगाई
जीवन हाँक धन्य बनाई
जिउनुछ जीवन चरितार्थ
जीवन धन्य बनोस सामर्थ्य ।