दक्षिण कोरियामा रोजगारीमा जान ईपिएस परीक्षा दिन पाउनु पर्ने माग गर्दै प्रदर्शन गर्नेहरूमाथि ललितपुरको बालकुमारीमा प्रहरीले चलाएको गोली लागेर अछामको चौरपाटी गाउँपालिका–१ सिउडीका २३ वर्षीय वीरेन्द्र बहादुर शाह र २३ वर्षीय सुजन रावत गरि दुइ जना युवाहरुको ज्यान गएको घटना प्रति कतार नेपाली एकता समाजले गम्भिर दुख प्रकट गर्दछ। स्वादेशमै रोजगारीको अवसर नहुदा वैदेशिक रोजगारीमा कोरिया जान ईपीएस परीक्षा दिन पाउनुपर्ने माग गर्दा ज्यान गुमाउनु पर्ने अवस्था सिर्जना हुनु अत्यन्तै पीडादायी छ । राजधानीमा शान्तिपूर्ण आन्दोलन गर्दा राज्यले नसुने पछि शुक्रबार आन्दोलनले उग्ररुप लियो र यस आन्दोलनमा कैयौं आन्दोलनकारी घाइते भए भने दुइ जनाको ज्यान नै गएको छ । यो घटना अत्यन्त दुःखद र खेदजनक छ। यसको निकाश बल पर्योग नगरी शान्तिपुर्ण तरीकाबाट समाधान गरिनु पर्थ्यो । यस घटनामा ज्यान गुमाउने दुवै जना मृतकहरुको परिवारलाई उचित क्षतिपुर्तिको व्यवस्था गर्न र घाईतेहरुको निशुल्क उपचार गर्न तथा छानबिन गरि दोषिमाथि कडा कार्बाही गर्न सरकार समक्ष जोडदार माग गर्दछौं । अन्तमा मृतकप्रति हार्दिक श्रद्धाजली अर्पण गर्दै शोकसन्तप्त परिवार जनप्रति गहिरो समवेदना ब्यक्त गर्दछौं ।