दु:खी अतुल
मुक्तक -१
यस्तो त हरदम ठान्छु म
आफूलाई कम ठान्छु म
मूर्खसित बहस गर्नु भन्दा
मौन बस्नु उत्तम ठान्छु म
मुक्तक -२
नगरेको कारबाहीको नतिजा त हो
संस्कारको दाहीको नतिजा त हो
छोरो बिग्रियो भनेर के गुनासो गर्छो
आफ्नै लापरवाहीको नतिजा त हो
– दुःखी अतुल