सोमवार, फाल्गुन ५, २०८१ | February 17, 2025

पाल्मरामा कर्म साङ्गितिक साँझ हुँदै

पाल्मरामा कर्म साङ्गितिक साँझ हुँदै

  • Naveen Sanchar

  • शुक्रबार, पुस १३, २०८०

  • 1.4K
    Views
पाल्मरामा कर्म साङ्गितिक साँझ हुँदै

नारदप्रसाद आचार्य, अमेरिका
पौष १३


डिसेम्बर ३० मा संयुक्त राज्य अमेरिकाको पेन्सिलभेनिया राज्य अन्तर्गत पाल्मरा  शहरमा “कर्म सांगीतिक साँझ” को सुअवसरमा दिपेस चापागाँईको भजन एल्बम “निर्मल सुधा” बिमोचनको हुने भएको छ। एल्बममा जम्मा ०८ वटा  भक्ति रसमा लेखिएका गीत/भजन छन। देश काल परिस्थितिसँग संघर्षरत चापागाँई स्थानिया  रचनाकार हुन।

निर्मल सुधा एल्बमका भजनहरूका संगीतकार द्वया कर्म ग्यल्सेन बम्जन र गोबिन्द हुमगाई हुनुहुन्छ भने शब्द सम्योजन नर्बू सेर्पा र सुरेन बर्मेले गरेका हुन् । भजनलाई प्राण भर्ने कार्यमा भजनकार सुमधुर स्वारका धनि कर्म ग्यल्सेन बम्जन ,राजु अधिकारी, गोबिन्द फुयाल र तारा तिवारीले गर्नु भएको छ।

अतः एंव “निर्मल सुधा” एल्बममा सात वटा भजन अनि एक भागवत आरती गरेर जम्मा आठ समावेश छ । यस भित्र जिवन जगतका कुरा, भगवतपथका कुरा, मन शुद्धीकरणका विँषयहरू, कलियुगमा भजन अनि सतसंगको माध्यमबाट नै जिवनको सार मिल्छ भन्ने भावहरू, हातमा मुरली बोकेर श्यामले गरेका लिलाहरूको बयान आदि छन। कार्यक्रममा नेपाल, भूटान र अमेरिकाका धैरै संगीतकार गीतकार वाध्यवादनकार साहित्यकारहरूको बाक्लो उपस्थिति रहने कुरा खुल्न आएको छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha