केशब बैरागी माइलो
अमेरिका
भूटानमा मानव अधिकार सम्बन्धि आवाज उठाएकै कारण ९० को दशकमा १ दशक जेल जीवन बिताकाएका मानव अधिकारवादी नेता टेकनाथ रिजाल नेपाली राजनीतिको चपेटामा नक्कली शरणार्थी मुद्दामा मुछिएका थिए । भूटान र नेपाल दुबै देशमा रिजाललाई दुखदिने काम रोकिएन । देश हुँदा पनि र देश नहुँदा पनि रिजाललाई शान्तिको सास फेर्न गार्हो नै भइरहयो ।
नक्कली भूटानी शरणार्थी प्रकरणमा मुछिएर पुर्पक्षका लागि कारागार चलान भएका भूटानी शरणार्थी नेता टेकनाथ रिजाल अदालतको आदेशपछि धरौटी बुझाएर रिहा भएका छन् । नक्कली शरणार्थी मुद्दामा सात महिना हिरासतमा बसेका नेता रिजाल धरौटी बुझाएर रिहा भएका हुन् ।
उनलाई उच्च अदालत पाटनले १५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर निक्कै लामो समयमा धरौटी रकम बुझाउन नसक्दा सुन्धारा कारागारमा रहेका उनी धरौटी बुझाएपछि आजै रिहा भएका उनका अमेरिकामा रहेका सहयोगी विश्वनाथ क्षेत्रीले जानकारी दिएका हुन् ।
टेकनाथ रिजाल
रिहाइपछि रिजालले आफ्नो पक्षमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।
काठमाडौँ जिल्ला अदालतमा आइतबार बेलुकी धरौटी रकम बुझाएका उनलाई बिदा भएका कारण आज मात्रै रिहा गरिएको हो । अब उनी पुस २० गते काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुनुपर्नेछ ।
नेता रिजाल रिहा भएको अवसरमा ओहायो राज्य अन्तर्गत रेनिन्स्वर्गका सिटि काउन्सिल भुवन प्याकुरेलले एकातर्फ सामाजिक संजाल मार्फत रिजाललाई शुभकामना सन्देश दिएका छन् भनी अर्कोतर्फ नेपालको राजनीति माथि आक्रोश यसरी पोखेका छन् ।
सम्माननीय भुटानी नेता श्री टेकनाथ रिजाल ज्यू को सुस्वास्थ्य र दीर्घायुको कामना गर्द छु।
अब अझै कति र कस्ता जालमा रोप्ने हुन भ्रष्टाचारी हरूले!
नेपाल सरकारको भण्डवा मन्त्रालयबाट जोगिन अतिनै मुस्किल देखिन्छ।
म पूर्णरुपमा बिस्वास्त छु, भडुवा मन्त्रालयको जालमा तपाईँलाई फसाउन खोजिरहेका छन। केही हदसम्म सफल पनि हुन पुगे। तर साचो डग्दैन झुटो तग्दैन।
सही सल्लाह सहि वकिल, र संधै निडर भएर अघि बढ्नुहोला।
आवश्यक परेमा हाम्रो सहयोग सदा सर्वदा रहिनै रहने छ।