
नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । अमेरिकाको ड्यालसमा सुप्रसिद्ध नेपाली साहित्यकार, लेखक तथा समीक्षक महेश पौड्यालको अभिनन्दन गरिने भएको छ ।नेपाली समाज, टेक्सास, एनएसटी, ग्लोबल नेपाली पाठशाला तथा स्रष्टा साँझ अमेरिकाले युलेश स्थित पशुपतिनाथ मन्दिरको सभाकक्षमा साहित्यकार पौड्यालको अभिनन्दन गर्ने जनाएका छन् । नेपाली समाज टेक्सास, ग्लोबल नेपाली पाठशालाको आयोजनामा नेपाली समुदायका बालबालिकालाई लेखनमा उत्प्रेरित गराउन साहित्यकार पौड्यालसँग लेखन कार्यशाला समेत गरिएको थियो ।