२० साउन, काठमाडौं । नेपालका ज्यापु समुदायको राष्ट्रिय संगठन ज्यापु महागुथि नेपाःले नेवाः पत्रकार राष्ट्रिय दबूको काठमाडौं जिल्लाको नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई सम्मान तथा बधाई ज्ञापन गरिएको छ । आज साउन २० गते बुधवार बिहान स्वयम्भू, बिजेश्वरीस्थित वैलोचन तिर्थको ज्यापु देय् छेॅ भवनमा आयोजित कार्यक्रममा काठमााडौं जिल्ला अध्यक्ष रत्नकाजी महर्जनलगायत पदाधिकारीहरुलाई नेवाः परम्पराअुनसार सगुन दिई सम्मान प्रदान गरिएको जनाएको छ ।
उपस्थित पत्रकारहरुलाई महागुथिका अध्यक्ष सत्यनारायण डंगोलले खादा ओढाई सम्मान गरिएको र कार्यक्रममा उपाध्यक्ष मचाकाजी महर्जन, सरिता महर्जन र सहकोषाध्यक्ष कुलबहादुर महर्जन, सदस्यहरु हेराशोभा महर्जन र शान्ता प्रजापतिलगायतको उपस्थिति रहेको गुथिले जनाएको छ ।
