शुक्रबार, साउन १, २०८३ | July 17, 2026

विष्णुदेवी अस्पताललाई ‘राजनीतिक कोमा’बाट बचाउन सफल भयौंः कृष्णमान डंगोल, मेयर

विष्णुदेवी अस्पताललाई ‘राजनीतिक कोमा’बाट बचाउन सफल भयौंः कृष्णमान डंगोल, मेयर

  • Naveen Sanchar

  • शुक्रबार, साउन १, २०८३

  • 40
    Views
विष्णुदेवी अस्पताललाई ‘राजनीतिक कोमा’बाट बचाउन सफल भयौंः कृष्णमान डंगोल, मेयर

१ साउन, काठमाडौं । कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोलले नगरको विष्णुदेवी अस्पताललाई ‘राजनीतिक कोमा’बाट बचाउन सफल भएको बताउनुभएको छ । आज साउन १ गते अस्पताल परिसरमा आयोजित नवनियुक्त चिकित्सक कर्मचारीहरुको स्वागत तथा पदस्थापन कार्यक्रममा बोल्नुहुॅदै मेयर डंगोलले भन्नुभयो, ‘हामी आउनुअघि विष्णुदेवी अस्पताल स्वास्थ्य केन्द्रको रुपमा लगभग कोमाको अवस्थामा थियो । तर कीर्तिपुरको आवश्यकतालाई बुझि बचाउन सफल भएका छौं । यसमा स्वास्थ्कर्मीहरु निरन्तर खटेर हाम्रो अभियानमा सहयोग गर्नुभएको छ ।’
०८२ जेठ २० बाट २४ घन्टे आकस्मिक सेवा संचालनमा ल्याएको विष्णुदेवी अस्पताललाई नगर अस्पतालको रुपमा विकास र स्तरोन्नति गरिएकोमा सेवाग्राहीको चाप र विशेषज्ञ सेवाको माग बढ्दै गएपछि रिक्त अस्पताल प्रमुख (मेडिकल सुपरिटेन्डेन्ट)लगायत चिकित्सकिय जनशक्ति थप गरिएको हो । थप जनशक्तिमा मेसु, मेडिकल अधिकृत, हेल्थ असिस्टेन्ट र ल्याब टेक्निसियन गरि ७ स्वास्थ्यकर्मी कर्मचारी छन् । कार्यक्रममा नगरपालिका स्वास्थ्य शाखा प्रमुख सन्तमान मानन्धर, निमित्त मेसु डा. अरुण गौतमलगायत स्वास्थ्यकर्मी कर्मचारीहरुको उपस्थिति रहेको जनाएको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha