सोमवार, जेष्ठ २५, २०८३ | June 8, 2026

अन्त्येष्टि संस्कार समयानुकूल सहजिकरण गर्दै कीर्तिपुरवासि समुदाय

अन्त्येष्टि संस्कार समयानुकूल सहजिकरण गर्दै कीर्तिपुरवासि समुदाय

  • Naveen Sanchar

  • आइतवार, जेष्ठ २४, २०८३

  • 91
    Views
अन्त्येष्टि संस्कार समयानुकूल सहजिकरण गर्दै कीर्तिपुरवासि समुदाय

– विरेन्द्र शाक्य ‘विविशा’

गुच्चमुच्च समाजमा एक भई बसोबास गर्ने नेवाः समुदायमा मानिसको मृत्यू भएमा विशेष बाजागाजासहित सामाजिकरुपमै अन्त्येष्टिका लागि मलामीसहित निर्धारित घाटमा लग्ने परम्परागत संस्कार परापूर्वकालदेखि रहिआएको छ । पहिले पहिले अस्पताल, स्वास्थ्य संस्थाहरु नहुॅदा घरमै मानिसको मृत्यू हुने भएकाले अन्तिम संस्कारका लागि नेवाः समुदायभित्र पनि विभिन्न जातीगतरुपमा अन्तिम संस्कार गुठीमा आबद्ध हुन्छन् र सोहिअनुसार मर्दापर्दा अन्त्येष्टिको व्यवस्था गर्दै आएको छ । लास जलाउनका लागि आवश्यक सामाग्री र जनशक्तिसमेत गुठीमाफ्रत् व्यवस्था गरिंदै आएको छ । तर आजभोली बढ्दो जनसंख्या र सहरिकरणसंगै मानिसहरुको ब्यस्तता पनि बढ्दै गएको छ । र, संगै स्वास्थ्योपचारको सुविधासंगै मानिसको मृत्यू पनि अस्पतालमै हुने भएपछि त्यसको प्रभाव परम्परा र संस्कारमा पनि पर्न थालेको छ ।
मानिसहरुको व्यस्तताले पहिलेजस्तै घरबाटै पराल, दाउरालगायत अन्य आवश्यक सामाग्री र बोकेर जाने मानिसको अभाव र व्यवस्था कठीन बन्दै गएपछि साधनले घाटसम्म पुर्‍याउने बाध्यता हुॅदै गएको छ । पुरानो कीर्तिपुर डॉको बस्तिमा लास गाड्ने कपाली समुदायको गुठीबाहेक अन्य लास जलाउने समुदायका ४३ वटा गुठीहरु सक्रिय छन् र सबैको साझा समस्या यहिनै भएपछि ४३ गुठीहरुको प्रतिनिधिमूलक साझा संगठन दीखु विकास समितिले दीखु घाट क्षेत्रमै सबै गुठीलाई आवश्यक दाउरा उपलब्ध गराउने उद्देश्यले संयुक्त दाउरा गोदाम निर्माण गरि आवश्यक पर्नेलाई उपलब्ध पनि गराईसकेको अवस्था छ । साथै समितिले अन्त्येष्टि परम्पराको समग्र आवश्यकता र अवस्थालाई अध्ययन, विश्लेषण गरि परिआएको खण्डमा समयानुकूल अन्य व्यवस्थाहरुसमेत एकमुष्ट उपलब्ध गराउने विषयमा पनि छलफल गरिरहेको छ ।
समुदायको आवश्यकता र समितिको पहलकदमिलाई कीर्तिपुर नगरपालिका ३ वडालगायत सरोकारवाला अन्य वडाहरु १, २, ९ र १० वडाहरुले पनि हातेमालो गर्ने तयारी गरिरहेको जनाएको छ । कीर्तिपुर नगरपालिका र वागमती प्रदेश सरकारको तर्फबाट बजेटलगायत महत्वपूर्ण सहयोग उपलब्ध हुॅदै आएको छ । समग्र दीखु घाट क्षेत्रको विकास र व्यवस्थापन, पूर्वाधार निर्माण कार्यमा आवश्यक परेको खण्डमा संघीय सरकारलाई समेत गुहार्ने तयारी समितिको रहेको बताईएको छ । खुला घाट क्षेत्रको संरक्षण, व्यवस्थापन र पूर्वाधार निर्माण समुदाय र समितिका चुनौती हुन् भने विषयगत विज्ञतामा अनुभवी समुदायका अग्रज व्यक्तित्वहरुको सहभागिता र सक्रियता रहनु समितिको अवसर पनि हो । समन्वय र सहजिकरणकासाथै नेतृत्वदायी भूमिकाले चुनौतीलाई न्यूनिकरण गर्दै अवसरलाई ग्रहण गर्दै सफलताको बाटोमा अघि बढ्दै गन्तव्य अवश्य नाप्नेछ र समयले सहयोगी हातहरुको मूल्यांकन र सम्मान पनि गर्नेछ भन्नेमा पूर्ण विश्वस्त छु । धन्यवाद सबैमा ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha