बिहिबार, मंसिर ४, २०८३ | November 19, 2026

राखेपद्वारा एन्फामाथिको प्रतिबन्ध फुकुवा

राखेपद्वारा एन्फामाथिको प्रतिबन्ध फुकुवा

  • Naveen Sanchar

  • बिहिबार, मंसिर ४, २०८३

  • 8
    Views
राखेपद्वारा एन्फामाथिको प्रतिबन्ध फुकुवा

काठमाडौँ, मङ्सिर ३ गते ।  राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) माथि लगाइएका सम्पूर्ण निलम्बन तथा प्रतिबन्ध फुकुवा गरेको छ । राखेपले बिहीबारबाट लागू हुनेगरी एन्फामाथिका सबै निलम्बन तथा प्रतिबन्ध हटाइएको जनाएको हो । परिषद्को कार्यकारी समितिको निर्णयअनुसार एन्फामाथि समय–समयमा लगाइएका प्रशासनिक तथा आर्थिक लगायतका सम्पूर्ण प्रतिबन्धहरू फुकुवा गरिएको हो  राखेपले एन्फामाथि प्रशासनिक र आर्थिक प्रतिबन्ध लगाएको थियो । परिषद्का सदस्य सचिव रामचरित्र मेहताले एन्फालाई लेखेको पत्रमा सबै प्रतिबन्ध फुकुवा गरिएको जनाइएको छ । बिहीबार बसेको राखेप कार्यकारी समितिको बैठकबाट यस्तो निर्णय गरिएको जनाइएको छ ।राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २९ को उपदफा ३ अनुसार प्रतिबन्ध हटाइएको पत्रमा उल्लेख छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha