बिहिबार, मंसिर ४, २०८३ | November 19, 2026

करिब १२ लाख रुपैयाँको काजु सशस्त्र प्रहरीद्वारा बरामद

करिब १२ लाख रुपैयाँको काजु सशस्त्र प्रहरीद्वारा बरामद

  • Naveen Sanchar

  • बिहिबार, मंसिर ४, २०८३

  • 7
    Views
करिब १२ लाख रुपैयाँको काजु सशस्त्र प्रहरीद्वारा बरामद

नवीनसञ्चार सम्वाददाता, काठमाडौँ । कीर्तिपुरबाट बिना बिलबिजक ओसारपसार भइरहेको ११ लाख ५९ हजार २०० रुपैयाँ बराबरको काजु बरामद विहीबार भएको छ ।
कीर्तिपुर नगरपालिका–६, चोभारस्थित सुक्खा बन्दरगाहको मेनगेट अगाडिबाट उक्त काजु बरामद गरिएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल इन्टेलिजेन्स ब्यूरोबाट प्राप्त विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल दंगा नियन्त्रण रेजिमेन्टबाट खटिएको टोलिले बाराबाट काठमाडौँ आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०४७३ नम्बरको विद्युतीय गाडी (ईभी) चेकजाँच गर्ने क्रममा बिलबिजक नभएको उक्त केजी काजु फेला पारेको थियो ।
बिरगंज महानगरपालिका–२५ बस्ने रोशनकुमार साहलाई काजुसहित नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको सशस्त्र प्रहरी सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताउनुभयो ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha